(Friday 30th of October 2026)
`

संचारीका समुह बाँकेको अध्यक्षमा रुपनी

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    आशा परियार
    नेपालगन्ज ः महिला संचारीका उत्पादनमा पछि परेको भन्दै महिला पत्रकारहरुलाई जागरुक हुन् आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । महिला पत्रकार बिभिन्न कारणले पिछडीएकाले र महिला पत्रकारको सहभागिता न्युनतम प्रतिसत रहेकाले महिला पत्रकारहरुलाई उत्पादन र दिर्घ राख्न महिला संचारिकालाइ जोड दिएका हुन् । संचारिका समुह बाँकेको साधारण सभा तथा ५ औ अधिवेसन कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका २ नं वडा कार्यालयको सहयोगमा र संचारिका समुहको अयोजनामा साधारण सभा तथा ५ औ अधिवेसन कार्यक्रम बिहीवार नेपालगन्जमा समपन्न भएको हो । साधरण सभा तथा ५ औ अधिवेसनबाट नयाँ कमिटी चयन गरिएको छ । नयाँ कमिटीको अध्यक्षमा रुपनी जिएम सर्बसम्मतमा चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सरला सुवेदी, सचिबमा पबित्रा परियार , कोषाध्यक्षमा धना केसी , सदस्यमा सपना परियार, स्मृती देवकोटा, अनिता बिश्वकर्मा सर्बसम्मत चयन भएका छन् । यस्तै ५ औ अधिवेसनबाट ७ जना कार्यसमिती सर्वसम्मत चयन भएको हो । संचारीका समुह बाँकेका अध्यक्ष रुपा गहत्राजको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संचारीका समुहका सस्थापक अध्यक्ष अक्षरी पोख्रेल,संचालिका सस्थापक सचिब मुना श्रेष्ठ, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय ,प्रेस चौतारी बाँकेका सचिब कमल डागीँ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारु , अकिराबका अध्यक्ष हेमन्त बिक, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली, प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष लक्ष्मी तिमील्सेना, लगायत पत्रकारको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology