नेपालगन्ज । बुधवार नेपालगन्जमा कमेडी उत्सव भव्यका साथ सम्पन्न भएको छ । हाँसो, मनोरञ्जन र हास्य प्रस्तुतिमार्फत दर्शकलाई रमाइलो साँझ प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा “रोयल ब्लू प्रेजेन्ट्स – कमेडी” उत्सव २०८३’ बुधवार नेपालगन्जमा भव्यताका साथ सम्पन्न भएको हो । कमेडी उत्सव कार्यक्रममा ख्याति प्राप्त चर्चित हास्य कलाकार कैलाश कार्की, प्रभात लामा, सीता न्यौपाने, सुबोध गौतम, मेक्सम गौडेल र सुमन कार्कीलगायत कलाकारहरूको प्रस्तुति रहेको थियो । हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो । दर्शकले हास्य कलाकारहरुको भरपुर मनोरञ्जन लिएका थिए । कलाकारको प्रस्तुतीले दर्शक पेट मिचि मिचि हासेको दर्शक जनक चौधरीले बताउनुभयो । कार्यक्रम एकदमै राम्रो थियो । हास्नुसम्म हसाए दर्शक चौधरीले भन्नुभयो ।
नेपालगन्जको बीपी चोक पश्चिम, मुक्तिपुरस्थित रहेको लिला प्यालेसमा कार्यक्रम भएको बासुकी फिल्मस् प्रालिका अध्यक्ष तथा यस कमेडी उत्सव २०८३ नेपालगन्जको व्यवस्थापक विकास गिरीले बताउनुभयो ।
कार्यक्रमको व्यवस्थापन जेजी इन्टरटेन्टमेन्टले गरेको थियो । ‘कमेडी उत्सव २०८३’ ले नेपालगन्जमा मनोरञ्जनात्मक कार्यक्रमको आकर्षण बढाउनुका साथै हास्य कलाकारहरूले दर्शकमाझ आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । नेपालगन्जमा पहिलो पटक कमेडियन शो भएको थियो ।

