नेपालगन्ज : फागु पुर्णिमा (होली पर्व) को पावन अवसरमा खजुरामा बाँकेका पत्रकार र आदर्श युवा बचत समुह खजुरा विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा बचत समुह खजुराको आयोजनामा पत्रकार र आयोजक टिम विच होली पर्वको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
खजुरा गाउँपालिका वडा नं. ४ डिगाउँ स्थित मिनी रंगशालामा पत्रकार र युवा समुहविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको क्लवका सचिव सुवास निरौलाले जानकारी गराउनुभयो । चैत ४ गते विहान साढे सात बजे मैत्रीपुर्ण फुटबल प्रतियोगिता, घैटोफोर कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको सचिव निरौलाले जानकारी गराउनुभयो । मैत्रिपुर्ण फुटबल प्रतियोगिताको लागि बुधवार समुहले पत्रकार समुह टिमको ड्रेस सार्वजनिक गरेको छ ।
