आशा परियार – नेपालगन्ज : इस्लामी संघ नेपालले राष्ट्रिव्यापी महिला अधिकार अभियान सुरु गरेको छ । इस्लामी संघ नेपालले शुक्रवार पत्रकार सम्मेलन गरी राष्ट्रिव्यापी महिला अधिकार अभियान सप्ताह व्यापी रुपमा मनाउने जानकारी गराएको हो ।
इस्लामी संघ नेपालले फागुन २१ गते महिला हक अधिकार र उनको दायित्व कार्यक्रम बवनिया कैलालीमा र बाँसगढीको, बर्दियामा गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

यस्तै फागुन २२ गते महिला हक अधिकार र उनको दायित्व कार्यक्रम, हेरा पव्लिक स्कुल नरैनापुरमा गर्ने, फगुन २३ महिला हक अधिकार र उनको दायित्व कार्यक्रम भज्जुपुर्वामा, २४ गते बिद्यार्थीहरुको जुलुस नेपालगन्जको आइडीयल स्कूलदेखि त्रिभुवन चोक हुँदै पुनः आइडियल स्कुलसम्म र महिला हक अधिकार र उनको दायित्व कार्यक्रम आइडीयल मा.वि स्कुलमा गर्ने, फगुन २५ गते महिला हक अधिकार र उनको दायित्व कार्यक्रम जैशपुर र टेपरी बर्दियामा गर्ने, फागुन २६ गते पत्रकार सम्मेलन नेपाल इस्लामी संघ नेपालगन्जमा गरि सप्ताह व्यापी कार्यक्रम गर्ने लगायतको भावि योजनाहरु बनाएको इस्लामी संघ नेपालका अध्यक्ष ओबैदुर्रहमान खानले जानकारी गराउनुभयो ।
पिछडीएका महिलाहरुलाई उत्प्रेणा गराउन इस्लामी संघ नेपालको अतुलनिय भुमिका रहेको उहाँले बताउनु भएको छ । यस राष्ट्रिव्यापी अभियानले बिशेष गरि पिछडीएका महिलाहरुसंग सम्मन्य गरि उनिहरुलाई हातेमालो गर्ने उहाँको भनाइ रहेको छ ।
