(Saturday 25th of July 2026)
`

डुडुवामा १६ सैय्या अस्पतालको सिलान्यास

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    आशा परियार
    नेपालगन्ज फागुन ११ ः डुडुवा गाउपालिकाले आठ कोठे अस्पताल भवनको शिलान्यास गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं २ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र संचालन गर्न लागेको डुडुवा गाउपालिकाले जनाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको गाउपालिकाले जानकारी गराएको छ । भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उहाँहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी गराउनुभयो । डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको उहाँले बताउनुभयो । अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अब अन्त्य हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उक्त गाउपालिकामा ७९ लाखको लागतमा निमार्ण हुने अस्पतालमा ८—८ वटा बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निमार्ण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले जानकारी गराउृनुभएको छ । उक्त अस्पताल तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालि कोहलपुर बाँकेले ठेक्का लिएको
    गउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रर्शुराम उपाध्यायले जानकारी गराउनुभयो ।
    वहुवर्षिय योजना अन्र्तगत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधारहरु निमार्ण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । डुडुवा गाउँपालिका जिल्लाकै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ । भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको संचालन, दुई वटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको गाउपालिकाले जानकारी गराएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology