नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर काकीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर काकीलाई जिल्ला प्रहरी कार्यालयको आयोजनामा एक कार्यक्रमका विच बिहीवार बिदाई गरिएको हो । प्रहरी उपरीक्षक कार्की २०७७ फागुन २३ गतेदेखी जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालयमा प्रमुखको रुपमा कार्यरत रही तालुक प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा काज सरुवा भई जान लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षकद्वय भरत लामा र हेम बहादुर शाहीले बिदाई भई जान लाग्नुभएका प्रहरी उपरीक्षक कार्कीलाई व्यवसायीक तथा व्यक्तीगत जिवनको सफलताको कामना सहित सम्पुर्ण बर्दिया प्रहरीको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । साथै उहाँले बर्दिया जिल्लामा १ वर्षको कार्यकाल पुरा गरी जिल्लाको शान्ती सुरक्षामा उल्लेखनिय योगदान पु¥याउनुभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक भरत लामाले बताउनुभयो ।
बिदाई भई जान लागेका प्रहरी उपरीक्षक कार्कीलाई उच्च सम्मानका साथ गुलरिया नगरपालिका, मधुबन नगरपालिका, बढैयाताल गाउँपालिका, कर्मचारी मिलन केन्द्र बर्दिया, माईती नेपाल बर्दिया, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष, उद्योग वाणिज्य संघ बर्दिया तथा पुर्व प्रहरी संगठन बर्दियाबाट सम्मान पत्र, कदर पत्र र मायाको चिनो समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।
