(Saturday 25th of July 2026)
`

यात्रुबाहक बसमा आगलागी

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी स्थितमा नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आइतवार आगलागी भएको हो । भे१ख २९५६ नम्बरको रहेको बसमा बसको विध्युत सर्किट सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । आगलागीबाट बसमा पूर्ण रूपले क्षति पुगेको छ । बसमा आगो सल्किएको थाहा भएपछि सबै यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको बसमा सवार एक यात्रुले बताउनुभयो । बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले जानकारी गराउनु भयो । बसमा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको समेत प्रहरी निरिक्षक आचार्यले जाकारी बताउनुभयो । आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल लगायत नेपाल प्रहरी समेत खटिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology