(Saturday 25th of July 2026)
`

डुडुवाले ग¥यो जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

  • सगरमाथा गन्तब्य
  • 14.5K
    SHARES

    नेपालगन्ज ः बाँकेको डुडुवा गाउँपालिकाले जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरेको छ । गाउपालिकाले सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री आइतवार वितरण गरिरहेको हो । बढ्दो चिसो मैसमलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरेको डुडुवा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । गाउपालिकाले जेष्ठ नागरिकसंगै अपांगङ्ता भएका व्यक्तिहरुलाई पनि सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी गराउनु भयो । उहाँले पालिकाको वार्ड नं. २ र ३ का पुर्ण अशक्त र अति अशक्त अपांगता भएका (क) र (ख) वर्गका अपांङता भएका १ सय ७ जना व्यक्तिहरुलाई न्यानो सामाग्री वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले अहिलेसम्म दुई हजार ६ सय ३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष चोधरीले जानकारी गराउनुभयो । असक्त र जेष्ठ नागरिकहरुलाई सुरक्षा भत्ता लिन आउतजाउत गर्न समस्या भएकाले गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्थाका साथ बितरण पालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले जानकारी गराउनुभएको छ । उहाँले दुई जना कर्मचारी खटाएर असक्त र जेष्ठ नागरिकहरुलाई घरबाट ल्याएर नेपालगन्जको ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत आर्थिक चालु वर्ष २०७८,०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भईरहेको बताउनुभयो । बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि पुर्न घरैसम्म पु¥याइएको अधिकृत उपाध्यायले जानकारी गराउनुभएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जना र अपाङगता भएका ३ सय ३८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने अध्यक्ष चौधरीले जानकारी गराउनु भएको छ । उक्त जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायत खटिएको गाउँपालिकाले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology