नेपालगन्ज ः दाङमा गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । तीन जनाको गम्भीर अवस्था रहेको छ । दाङमा जन्ती बोकेको गाडी दुर्घटना हुदा २२ जना घाइते र ३ जना को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारतबाट दुलही लिन कोइलावास हुँदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट युपी ४६ टि २८३७ पिकअप भ्यान गढवा ५ चिसापानी नजिकै शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङको एक प्रहरीले जानकारी गराउनुभयो । भारतको उत्तर प्रदेश शंकरपुरबाट राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको अवस्थामा भ्यान शुक्रबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ । अकासमिक गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते भएका सबै जनालाई उपचारका लागि लमही अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।
