नेपालगन्ज ः सवारी दुर्घटना न्युनिकरणको लागि सचेतना कार्याक्रम गरिएको छ । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै जानकि गाउपालिका। वडा नं ४ खुद्राखजुरा स्थित ट्राफ्रिक प्रहरी पोष्ट धनौली बाट प्रहरी।साहायक।निरिक्षक मदन सिंह मातरको कमाण्डमा खटिएको टोलिले शक्रवार सवारी दुर्घटना न्युनिकरणको लागि सचेतना कार्याक्रम गरेको हो । ट्राफ्रिक प्रहरीले नेपालगन्ज गुलरिया सडक खण्डमा चल्ने सवारी चालक, परिचालक तथा यात्रीहरुलाई ओभर टेक कसरी गर्ने, ओभरटेक गर्दा संधै दाईने तिर बाट मात्र गर्नु पर्छ , सावरी साधन रोक्दा निश्चित तोकिएको ठाउँमा मात्र रोक्नु पर्ने , यात्रीहरुलाई सवारी साधन चढ्दा र ओर्लदा अरु सावरी साधन भए नभएको दाँया बाँया हरेर मात्र ओर्लने र चढ्ने गर्नु पर्छ , लेन अनुशासनको पालना गर्नु पर्छ, लगायतको उपायहरुबारे जानकारी गराउदै कार्यक्रम
गरेको प्रहरी साहायक निरिक्षक मातरले जालकारी गराउनुभएको छ । साथै बढेदो कोभिड १९ संक्रमणलाई मध्यनजर गदै कोभिड बाट बच्ने उपायकाहरु बारेमा प्रशिक्षण समेत गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
