नेपालगन्ज ः बाँकेको राप्ती सोनारीगाउँपालिका महिलाहरुको बृहत मेलालले पालिका स्तरीय अखिल नेपाल महिला संघ विस्तार गरिएको छ । नेकपा एमाले निकट अखिल महिला संघ पालिका स्तरीय कमिटीको अध्यक्षमा चमेली बागबल चयन गर्नभएको छ । बाकबलको अध्यक्षतामा ३५ सदस्य जना पालिका कमिटी विस्तार गरिएको हो । अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश सदस्य तथा एमाले जिल्ला सदस्य विजुला अधिकारीको अध्यक्षतामा महिलाहरुको भेला संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य दिपा शर्माले लोकतन्त्रको रक्षा गर्न र महिला नेतृत्वको विकास गर्नका लागि अनेमसंघको महत्वपूर्ण राजनितिक योगदान समेत रहेको जानकारी गराउनुभएको छ । निर्वाचित अनेमासंघका पदाधिकारीहरुलाई स्थानीय निर्वाचन लक्षित हुन समेत शर्माले आग्रह गर्नुभएयो । विशिष्ट अथिति एमाले केन्द्रिय सदस्य एव बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले एमाले लाई घेराबन्दी बाट कुनै असर नपर्ने बताउनुभयो । उहाँले गठबन्धनको औचित्य नरहेको बताउनुभयो । वितेका ६ महिनामा आम नागरिकहरुलाई गठबन्धनले चर्को महगी उपहार दिएको इन्चार्ज ढकालले जानकारी गराउनुभयो । उहाँले लोकतन्त्र र विर गोरखार्लीको योगदान बाट प्राप्त देशको सिमा रक्षा एमाले पार्टीले मात्र बचाउन सक्ने क्षमता रहेको बताउनुभयो । चरम भष्टचार र आम नेपालीहरुको श्रम बाट चलेको सरकारले कुनै पनि नागरिक राहतका कार्यक्रमहरु नल्याएको जानकारी गराउदै गरिब जनतामाराका रुपमा गठबन्धन सरकार रहेको समेत दावि गर्नुभयो ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका सदस्य बसन्ती अधिकारी ,रामदास थारू, अनेमासंघ केन्द्रिय सदस्य भारती खनाल , अनेमासंघ जिल्ला अध्यक्ष भगवती बराल , राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज खेमराज शर्मा जिल्ला कमिटी सदस्य तुल्सीराम थारू लगायतले आ आफ्ना धारणा व्यक्त गनुभएको थियो । कार्यक्रममा भरत बुढाथोकी ,हर्क बिष्ट अजय गद्दी ,राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज के सी,सचिव सुधा थारू,सह सचिवक। पुर्ण थारू लगाएत पार्टीका वडा अध्यक्षहरुको सहभागिता रहेको चमेली बागबलले जानकारी दिनुभयोे ।
