आशा परियार
नेपालगन्ज ः इलाका प्रहरी कार्यालय जमुनाह बाँकेले लागू औषध ब्राउन सहित एक जना व्यक्ति पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाह चेक पोइन्टबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सहित एक जना व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय जमुनाह बाँकेले जनाएको छ । कोहलपुर नगरपालिका ५ नं वडा स्थितका २२ वर्षिया सनिस केसीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएका प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिहीबार पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेका केसीलाई शंका लागेर चेकजाँच गर्दा उनले मुख भित्र लुकाएर ल्याएको अवस्थामा ३ गा्रम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको ईलाका प्रहरी नायब निरिक्षक मीन बहादुर बिष्टले जानकारी दिनुभएको छ । उक्त केसीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडी बठाइएको ईलाका प्रहरी कार्यालय जमुनाहले जानकारी गराएको छ ।
