(Friday 30th of October 2026)
`

राप्तीसोनारीमा ५ वटा विधेयक पेश

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    नेपालगन्ज ः राप्ती सोनारी गाउँपालिकाको १० औं गाउँसभा सुरु भएको छ । बाँकेको राप्ती सोनारी गाउपालिकाको १० औ गाउँसभा बिहीबारबाट सुरु भएको हो । गाउँसभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाले भुमी, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको राप्ती सोनारी गाउँपालिकाका जनाएको छ । गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारुले सभामा पेश गर्नुभएको थियो । सभामा पेश गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सदस्यहरुलाई वितरण गरिएको हो । राप्तीसोनारी गाउँपालिकाका पालिका प्रमुख अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका बिभिन्न कामको समिक्षा र भावी योजना तथा कार्यक्रमका बिषयमा छलफल गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष थारुले जानकारी गराउनुभयो । गाउँसभाका सदस्यहरु तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष मदनकुमार ओली, वडा नम्बर ६ को वडा अध्यक्ष जनकबहादुर थारु, वडा नम्बर १ को वडा सदस्य द्धय रुद्रमणि ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा समेत राख्नुभएको थियो । सभामा उठेका प्रश्न र जिज्ञासाहरुको अध्यक्ष तथा सभाध्यक्ष थारुले जवाफ दिनुभयो । सभामा गाउँपालिकाको उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको वडा नम्बर ३ का वडा अध्यक्ष थारुले जानकारी दिनुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology