(Saturday 25th of July 2026)
`

बलात्कृत महिलाले गरिन मुद्दा दर्ता

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    सगरमाथा समाचारदाता
    नेपालगन्ज, माघ २७ –ः पिडीत महिलाले सांसद मोहन बानियाँले आफुलाई बलात्कार गरेको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिलाले मुद्दा दर्ता गराउनुभएको छ । पिडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो ।
    बाहालवाला सांसद विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनुभयो । पीडितको जाहेरी माथि अनुसन्धान भइरहेको डिएसपी न्यौपानेको भनाइ रहेको छ । बलात्कृत महिला आफै अन्योलमा रहेको हुनाले मुद्दा दर्ता प्रक्रिया ढिलाई भएको डिएसपी न्यौपानेले बताउनुभयो । बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छ पीडित महिलाले न्याय दिलाउन अपील पनि गरेको बताउनुहुन्छ ।
    पुर्ब सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँ समेत लिएको पिडीत महिलाले जाहेरीमा उल्लेख गर्नुभएको छ । जाहेरीमा उल्लेख भए अनुसार २०७६ साल मंसिर ८ गते २५ लाख रुपैयाँ रकम दिनुभएको थियो । सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उहाँले जानकारी गराउनुभयो । लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याज सहित फिर्ता दिनु भनेपछि बानियाँले चेक समेत दिएको उहाँले बताउनुभयो । उक्त चेक बैंकमा नसटेपछि नगद मागेको पिडीत महिलाले जानकारी गराउनुभयो । बानियाँले नेपालगन्जमा पैसा लिन बोलाएपछि आफु नेपालगन्ज आएको उहाँले बताउनुभयो ।
    नेपालगन्जको अप्सरा होटलमा रहेको २१५ नम्बर रहेको कोठमा बेलुकासम्म रकम दिने भनेर बस्न बध्य बनाएको पिडीत महिलाले जानकारी गराउनुभयो । सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै भित्र आएर बलात्कार गरेको पिडीत महिलाले बताउनुभयो । प्रहरीले जाहेरी दर्ता भैसकेको छ अव सरकारी ऐन कानुन बमोजिम प्रक्रिया अगाडी बढाउने उहाँले डिएसपी न्यौपानेले बताउनुभयो ।
    अनुसन्धानको बहानामा आलटाल मात्रै गरिरहेको पीडित महिलाको भनाइ रहेको छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल सम्मको जाँच समेत गरिसकेकोले मुद्दा दर्ता गरि कानुनी कारवाही गर्न माग गर्नुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ । घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने प्रमुख खत्रीले जानकारी गराउनुभयो । बानियाँ मुगु जिल्लाबाट समानुपातिक तर्फबाट संघीय सांसद बनेको पिडीत महिलाले बताउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology