(Saturday 25th of July 2026)
`

नेपालगन्जमा युवा संघको मसाल जुलुस

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज, माघ १८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेले मंगलबार नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुगेर समापन भएको थियो ।
    युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय विपी चौक क्षेत्र अशान्त भएको थियो । मसाल जुलुसको समापन गर्दै युवा संघ बाँकेका इन्चार्ज खेम शर्माले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो ।
    उहाँले वर्तमान गठबन्धन निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै युवाहरुको विरोधको सामना गर्न नसक्ने चेतावनी दिनुभयो । मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन, जिल्ला सचिव रत्न खत्री, युवा संघ बाँकेका संयोजक ज्ञानु वली लगायतको सहभागिता रहेको थियो । संघले स्थानीय तहको मिति तत्काल घोषणा गर्न तथा इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता, लिपुलेकको नेपाली भूमीमा भारतले गरिरको सडक निर्माण कार्य रोक्नुपर्ने, मास्कमा गरिएको मुल्यवृद्धि फिर्ता लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कुश्माखर बस्यालले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology