(Saturday 25th of July 2026)
`

२० ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    आशा परियार :  नेपालगन्ज – नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका.१० स्थित साथी कृष्ण कटेज नजिकै जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपि मधुसुदन न्यौपानेले जानकारी गराउनुभयो ।
    उक्त घटनामा खटिएका लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जानकी गाउपालिका बाँके २ स्थित बस्ने २८ बर्षिया पारसमणि बर्मा र २६ बर्षिया ओम प्रकाश वर्मालाई शंका लागी सोधपुछ गरी चेकजाँच गर्दा ओम प्रकाश बर्माले उक्त ब्राउन सुगर सेतो प्लाष्टिकमा राखी हातमा समातेको अवस्थामा २० ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । लागू औषध ओसारपसार गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology