आशा परियार – नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा चोरी भएको मोटरसाइकल फेला पारेर सवारी धनिलाई बुझाएको छ । नेपालगन्ज वडा प्रहरी कार्यालय बाँकेले चोरी भएको मोटरसाइकल फेला पारेरे सोमवार सवारी धनीलाई बुझाएको हो । नेपालगन्ज उपमहानगरपालिका बसपार्क स्थित दाजुभाइ होटलको परिसरमा पार्किङ गरि राखेको बजाज एभेन्जर २२० सिसिको भे ९ प ४८६१ नम्बरको मोटरसाइकल शनिबार चोरी भएको थियो ।
उक्त मोटरसाईकल चोरी भएको सुचना पाएलगत्तै वडा प्रहरी कार्यालयले खोजतलास सुरु गरेका हो । नेपालगन्ज उपमहानगरपालिका १८ सुर्जीगाउँ जाने बाटोमा मोटरसाईकल बेवारिसे अवस्थामा वडा प्रहरीले फेला पारेको वडा प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । उक्त चोरी भएकोे मोटरसाईकल ४८ घण्टा भित्र फेला पारी सवारी धनी तुलाराम खत्रीलाई सोमबार बुझाएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।
४८ घण्टा भित्रै चोरी भएको मोटरसाइकल फेला पार्नुले वडा प्रहरीले निकै सक्रियता देखाएको छ । पछिल्लो समयमा मोटरसाइकल चोरी, स्कुटी चोरीका घटना बढ्न थालेपछि प्रहरीले पनि कडा निगरानी राखिरहेको वडा प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
