(Saturday 25th of July 2026)
`

भेरीका अधिकांश चिकित्सकमा कोरोना

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    नेपालगन्ज  : बाँके पछिल्लो समय पनि कोरोनाको हटस्पट जिल्ला बनेको छ । दैनिक कोरोना संक्रमणदर तिब्र बढेपछि बाँके जिल्ला पुनः कोरोनाको हटस्पट बनेको हो । बाँकेको नेपालगन्जमा कोभिडका विरामीको चाँप बढ्दै गएको छ । नेपाल भारत सिमानाका खुल्ला भएको कारण जमुनाहा भन्सार हुदै नेपाल भित्रिने नागरिकमा कोरोना पोजेटिभ दर दैनिक बढिरहेको छ । भारतबाट नेपाल आउने हरेक नागरिकको हेल्थडेस्कमा चेकजाँच हुन्छ ।
    कोरोना पोजेटिभ देखिएका विरामीको उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा लगिने गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा कोभिड संक्रमित गर्भवती सुत्केरी हुन आउनेको चाप पनि बढेको छ । जसका कारण उनीहरुलाई व्यवस्थित गर्न भेरी अस्पताललाई समस्या भएको छ । यसअघि कोभिड संक्रमित गर्भवतीको उपचार तथा शल्यक्रिया गर्दै आएको मेडिकल कलेज कोहलपुरले संक्रमित भर्ना लिन छाडेपछि भेरीमा चाप बढेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।
    उहाँका अनुसार अहिलेपनि संक्रमित गर्भवती सुत्केरीका लागि प्रसूति वार्डको बाहिर प्रतिक्षामा छन् । उनीहरुको व्यवस्थापनमा अस्पताल प्रशासन लागिरहेको उहाँको भनाइ छ । कोभिड वार्डमा २० जना सुत्केरी उपचाररत छन् । प्रसूती वार्डमा कार्यरत अधिकांश चिकित्सकहरु कोभिड पोजेटिभ भएपछि सेवा प्रवाहमै चुनौति थपिएको उहाँको भनाइ छ । प्रसूती वार्डमा कार्यरत अधिकांश चिकित्सकमा भाइरस संक्रमण देखिएकाले उनीहरु आइसोलेसनमा बसिरहेका छन् । कोभिडका विरामीहरुलाई उपचार गर्ने क्रममा डाक्टर आफै पोजेटिभ भएका छन् । कोरोना पोजेटिभ भएका डाक्टर पोजेटिभ भएपछि काम गर्न असहज भएको भेरी अस्पतालका कोरोना पोजेटिभ हेर्ने डाक्टर चन्द्र प्रकास साहुले भन्नुभयो ।
    एउटा चिकित्सकले एक्लै कतिसम्म गर्न सक्छ उहाँले भन्नुभयो । पछिल्लो समय मेडिकल कलेजले कोभिड पोजेटिभ हुने वितिकै भेरीमा रिफर गर्दा विरामीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’
    उहाँले संकटको बेलामा मानवीयता देखाउन सबैलाई आग्रह गर्नुभएको छ । कोभिड भन्ने वित्तिकै भेरीमा विरामी पठाइहाल्ने प्रवृत्तिले विरामीको स्वास्थ्यमा झन गम्भीर असर परिरहेको भन्दै जुन अस्पतालमा विरामी पुग्छ त्यही उपचार गर्न उहाँले अनुरोध गर्नुभएको छ । यस्तै शुक्रवार बाँकेमा ९३ जना कोरोना पोजेटिभ भएका छन् । बाँकेको विभिन्न स्थानमा १६० जनाको चेकजाँच गर्दा ९३ जनामा कोरोना पोजेटिभ देखिएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी गराउनुभयो । यस्तै जमुनाहा हेल्थ डेस्कमा २४८ जनाको कोरोना चेकजाँच गर्दा २२ जनामा कोरोना पोजेटिभ देखिएको हेल्थ डेस्कले जनाएको छ भने शुक्रवार बाँकेमा ७८ जना कोरोना जितेर घर फर्केका छन् । यस्तै बाँकेमा हालसम्म २० हजार ८ सय ३७ जना कोरोना पोजेटिभ भएका छन् भने ३४६ जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology