(Saturday 25th of July 2026)
`

पिसाव च्यापेर रात बिताउँन बाध्य हुन्छन् राप्तीसोनारीवासी

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    आशा परियार – नेपालगन्ज :  राप्तीसोनारी गाउँपालिकामा बाघको आतंक उस्तै छ । बस्ती सुनसान छ । साँझा परेपछि राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरका स्थानियवासी घरबाहिर निस्कन सकेका छैनन् । साँझा पर्ने वित्तिकै जाग्राम बस्छन् । आगोको झल्को र रापले रात बिताउने राप्तीसोनारी गाउँपालिकाका स्थानियवासी कहिलेसम्म यसरी दिनरात विताउने ? गाउँपालिका र राज्यले यसको बारेमा के विकल्प खोज्दै छ भन्नेबारे स्थानियवासी जिज्ञासा राख्न बाध्य भएर बसेका छन् ।
    साँझाको रात उनिहरु घरमै पिसाव च्यापेर बस्न बाध्य छन् घर बाहिर निस्कन डर लाग्छ स्थानिय राम प्रसाद थारुले भन्नुभयो । साँझा पर्ने वित्तिकै घरभित्र हुलिने र एक्कासी विहान परेपछि मात्र उनिहरु घरबाहिर निस्कने वातावरण केही हप्तादेखि झेल्दै आएका छौं स्थानियवासी थारुले भन्नुभयो । रातभरी बाल्टिन, टप जस्तामा उनिहरु चर्पि बनाएर प्रयोग गर्न बाध्य भएका छन् । आखिरमा यस्तो डर त्रास कहिलेसम्म उहाँले भन्नुभयो ।
    रातीको समय घरबाहिर निस्कनै सकिन्न स्थानिय थारुले भन्नुभयो । रातभरी घरभित्र हुलिन्छौं एक्कासी विहान उठछौं उहाँले भन्नुभयो । पहिले यही सडकमा जति राती पनि खुल्लेआम हिड्ने गर्दथ्यो तर अहिले त्यही सडक बस्तीमा राती सुनसान हुन्छ । सडक बत्ति भएपनि डर उस्तै छ । हरेक घर अगाडी आगो बाल्ने व्यवस्था र हरेक पोलमा विजुलीको व्यवस्था मिलाएका छौं उहाँले भन्नुभयो । बस्ती उज्यालो छ तर हिड्न घुम्न सकिन्न् अर्का स्थानिय थारुले भन्नुभयो । माघको रमझममा पनि बस्ती शुन्य भयो । थारु बहुल्यता रहेको बस्ती हरेक बर्ष हर्षउल्लासका साथ मनाउने महान पर्व माघ यसवर्ष भने सुनसान बन्यो । बस्ती नै अध्यारो भएको महसुस हुन्छ उहाँले भन्नुभयो । साँझा जाग्राम बस्छौं । गाउँभरीको मानिस एक ठाउँमा बस्ने र केही मिठा मिठा कुराकानी समेत गर्ने गरेको उहाँले बताउनुभयो ।
    पौष २३ गते चाँदनी थारुलाई बाघले आक्रमण गरेपछि स्थानियवासी त्रसित भएका छन् । जनताको जिउ ज्यानको सुरक्षाका लागि बाघलाई नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउन स्थानियवासी समेली बागबालले बताउनुभयो । जंगलमा बाघले आक्रमण नगरोस भनेर स्वयम आफु नै सजकता अपनाउन पर्ने बागबालले बताउनुभयो । दिउसै दैनिक जसो बाघले मानिस आक्रमण गर्न थालेपछि स्थानियवासीमा भय त्रास बढि नै भएको उहाँले बताउनुभयो ।
    पर्वको बेला रातभरी नाचगान गर्ने ठाउँ अहिले सुनसान हुन्छ । मान्छेको चहलपहल हुदैन निरास हुँदै राप्तीसोनारी ६ का वडा अध्यक्ष जनक चौधरीले भन्नुभयो । बाघलाई नियन्त्रणका लागि राँगा जंगलमा छोडेका छौं तर बाघको अत्तोपत्तो छैन वडा अध्यक्ष चौधरीले भन्नुभयो । १० दिन भयो बाघ नियन्त्रणका लागि विज्ञ टोली र २ वटा हात्ती मगाएका छौं तर बाघको नियन्त्रण हुन सकेको छै्रन उहाँले भन्नुभयो । बाघ नियन्त्रण नहुँदा सम्म स्थानियवासीलाई शान्ति कसरी महसुस गराउने उहाँले निरास हुदै भन्नुभयो । बस्ती नै मौन अवस्थामा रहेको देखिन्छ हेर्दा नै आँखाबाट आशु रसाउँछ उहाँले भन्नुभयो । बाघ नियन्त्रणका लागि प्रयास हुँदै छ ।


    सफल कहिले हुन्छ थाहा छैन तर बस्तीमा निरासा जनक कायमै छ । बस्तीलाई उल्लासमय र पहिलेको जस्तो वातावरणमा ल्याउन हरप्रयासरत रहेको उहाँले बताउनुभयो । बाँकेमा बारम्बार बाघले मान्छे खादै आएको छ । घाँस दाउरा, गोठालो जाने स्थानियलाई बारम्बार बाघले आक्रमण गर्दै आएको छ । बाघ आक्रमणबाट राप्तीसोनारी गाउँपालिका बैजापुरकी लिला बिष्टको ज्यान गयो । दुईदिन पछि फत्तेपुरकी ३० वर्षिया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भयो । यस्तै बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरी सहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जानकारी गराएको थियो ।
    यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो । यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर – ५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन । गाउँ छेउबाटै बाघले दिउसै आक्रमण गरेपनि स्थानिय क्रसित बनेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology