(Saturday 25th of July 2026)
`

नेपाल युवा क्लबद्धारा जिल्ला र नगरका बाल क्लबलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    आशा परियार – नेपालगन्ज : नेपाल युवा बाल क्लब जिल्ला र उपमहानगरपालिकाका कार्यसमितिहरुलाई पद सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा क्लब बाँकेको आयोजनामा नेपाल युवा बाल क्लब जिल्ला र उपमहानगरपालिकाका कार्यसमितिहरुलाई पद सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
    नेपाल युवा क्लव बाँकेका कन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षतामा भएको पद सम्मान कार्यक्रमको प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्का रहनुभएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष खड्काले युवा बाल क्लबलाई अग्रपंक्तिमा ल्याउन बिभिन्न प्रकारका सिपमुलक कार्यक्रम लगायतका तालिमहरु प्रदान गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको भुमिका अतुलनिय रहेको कुरा उल्लेख गर्नुभयो ।


    उहाँले संचालन गरेको उद्योगले २० औं हजार जना युवाहरुलाई स्वरोजगार गराएकोे जानकारी गराउनुभयो । यस्तै उहाँले सिप मुलक तालिम, उद्घोषक तालिम, ब्यवस्थापन तालिम, लगायतका सेवाहरु हजारौ जनालाई प्रदान गराउदै आएको जनाउनु भयो । नेपाल सरकारले प्रदान गर्ने तालिम बाहेकको तालिमहरुमा आफ्ू ब्यक्तिगत सहयोग गर्न समेत तत्परता रहेको खड्काले जानकारी दिनुभयो ।
    नेपाल युवा क्लव बाँके केन्द्रिय कार्यालयको सल्लाकार तथा नेपाल युवा बाल क्लव जिल्ला र उपमहानगरपालिकाका कार्यसमितिहरु नवनिर्वाचित पदाधिकारीहरुलाई संगठनको महत्वपुर्ण जिम्मेवारी निर्वाह गरी हृदय देखि आत्मासाथ गर्दै आफ्नो कार्यकाल भरी संस्थालाई नयाँ गति उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाल युवा बाल क्लव जिल्ला र उपमहानगरपालिका, नगरपालिकाका पदाधिकारीहरुलाई बुधवार सम्मान पत्र प्रदान गरिएको हो ।


    पद सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष पत्रकार भगतराम थारु, अतिथि बाल अधिकारकर्मि शाहिल अन्सारी, पत्रकार लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार लक्ष्मी तिमिल्सेनाले गर्नुभएको थियो । कार्यक्रममा मार्शलआर्टका खेलाडीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology