नेपालगन्ज : नेकपा एमाले बाँकेको ८ औ जिल्ला अधिवेशन कमिटी बाँकेको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय बाँकेको ८ औं जिल्ला अधिवेशन सर्व सम्मतबाट च्यान भएका पदाधिकारीहरुलाई बिहीवार नेपालगन्जमा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति, उपाध्यक्ष डिल्ली बि.सि, सचिव रतन खत्री उपसचिवमा दिपक बर्मा र भुमिसरा धिताल सहित १२० सदस्यहरुलाई नेकपा एमाले बाँकेको निर्वाचन कमिटीले सपथ गराएको छ । सपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोह कार्यक्रम पश्चात नेकपा एमालेको पहिलो बैठकले मुस्लिम समुदायलाई सम्मान गर्दै शुक्रबार (जुमा) को दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको नेकपा एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले जानकारी दिनु भएको छ ।
यस ८ औं जिल्ला अधिवेनको सपथ ग्रहण कार्यक्रममा ८१ ओटा वडा ८ ओटा गाँउपालिका, ३ ओटा प्रतिनिधी सभा र ६ ओटा प्रदेश सभा निर्वाचन जिताउनेमा तपाईहरुको जिम्मेवारी रहेको उहाँले बताउनुभयो । बाँके जिल्ल
