नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँकेको नवौं अधिवेशन बुधवार नेपालगन्जमा सम्पन्न भएको छ । नवौं अधिबेशनबाट सर्बसम्मत नयाँ कमिटि गठन भएको छ । नयाँ कमिटिको अध्यक्षमा दुर्गा रोकाय लगायत २७ कार्यसमिति सर्वसम्मत चयन भएको हो । यस्तै उपाध्यक्षमा बिनोद भट्टराई, महिला उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्र पौडेल, सहसचिवमा भगतराम थारु, कोषाध्यक्षमा जियाउल मुस्ताफा कादरी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै जिल्ला कार्यसमिती सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दिपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जगेश्वर सिंह थारु, जयपति ढकाल, कृष्ण बहादुर जिसी, गोपाल ओली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसि, कृष्ण चौधरी, धना केसि, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन हल्वाई, बिजय परियार सर्वसम्मत चयन भएका हुन् । हेम्मत विकको अध्यक्षतामा भएको नवौं जिल्ला अधिबेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल रहनुभएको थियो भने कार्यक्रममा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रा, प्रेस चौतारीका केन्द्रिय सदस्य, ठाकुर सिंह थारु, प्रेस चौतारीका प्रदेश महासचिव भेषराज बस्नेत लगायत स्थानिय नेता तथा प्रेस चौतारी आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
