नेपालगन्ज : स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ शनिवार नेपाल मार्शल आट्र्स हाप्किडो संघ बाँकेको प्रथम साधरणसभा तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाल मार्शल आट्र्स हाप्किडो संघ बाँकेको आयोजनामा प्रथम साधारणसभा तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । प्रथम साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसमा बुद्धिराज बर्तौलाको अध्यक्षतामा १३ जनाको नयाँ नेतृत्व कार्यसमिति चयन भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा मोहम्मद मोहसीन हलवाई, उपाध्यक्ष टिकामणी रिजाल, सचिवमा विशाल नगवाग, कोषाध्यक्षमा सपना परियार सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा मुनाल रसाईली, शान्ति पौडेल, आरिफ खान, सरस्वती पुन मगर रहेका छन् । यस्तै बरिष्ठ सल्लाहकारमा शालिकराम नगवाग, सल्लाहकार दशरथ चन्दलाई साधारणसभाले पारित गरेको छ ।

