आशा परियार – नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले एक घर एक ग्यास सिलिण्डर वितरण कार्यक्रम सुरु गरेको छ । नरैनापुर गाउँपालिकालाई धुवाँमुक्त पालिका र स्वस्थ समाज निर्माणका लागि ग्यास सिलिण्डर र चुलो वितरण कार्यक्रम पालिकाले सुरु गरेको हो । नरैनापुर गाउँपालिकाले ९ हजार ५ सय घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण वडा नं. २ बाट सुरुवात गरेको छ ।
पालिकावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । नरैनापुर गाउँपालिका भारतसँग सीमासमेत जोडिएको छ । मानव सूचाङ्कमा समेत यो गाउँपालिका कमजोर छ । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ ।
गाउँपालिक अध्यक्ष इस्तियाक अहमद शाहले चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको जानकारी गराउनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै पालिकामा रहेको ९ हजार ५ सय घरधुरीलाई ग्यास सिलिन्डर र चुलो उपलब्ध गराउने बताउनुभयो । नरैनापुर गाउपालिकाले जङगलका रुख बिरुवाहरु बिनास हुनबाट जोगाउने उद्देश्यले र पालिका अन्तरर्गत पर्ने गाउँका बस्तीहरुमा पटक पटक आगलागीबाट उच्च जोखिम रहेकाले हरेक घरधुरीलाई ग्यास सिलिण्डर चुलो सेट बितरण गरेको नरैनापुर गाउपालिकाका अध्यक्ष शाहले जानकारी गाराउनुभयो । चुलो ग्यास सिलेन्डर बितरण कार्यक्रमा गाउँपालिकाले ५ करोड लागतमा चुलो ग्यास सिलेन्डर बितरण गर्ने शाहले जानकारी गराउनुभयो । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले जानकारी दिनुभयो । मापदण्ड लागु गरिएको छैन हरेक घरधुरीलाई वितरण गरिन्छ उहाँले भन्नुभयो । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुरवासी सबै लक्षित बर्गमा परिने भएको हुनाले हरेक घरधुरीलाई चुलो ग्यास वितरण प्रक्रिया अगाडी सारेको लेखा अधिकृत अधिकारीले बताउनुभयो ।

एकघर एक सिलिण्डर अनुसार नरैनापुर गाउँपालिकाको वडा नं. २ मा १ हजार बढि ग्यास वितरण भैसकेको छ अझ ३०० घरधुरीलाई वितरण गर्ने बाकी रहेको वडा अध्यक्ष मसुद अहमद शाहले जानकारी गराउनुभयो । निशुल्क ग्यास चुलो पाएपछि स्थानियवासी हर्षित भएका छन् । हामीलाई दैनिक प्रयोग हुने ग्यास चुलो उपलव्ध भएको छ यसमा हामी गर्भ गछौं स्थानिय नदिम अलिले भन्नुभयो । स्थानिय सरकार आएपछि नरैनापुरको मुहार फेरिदै छ उहाँले भन्नुभयो । पहिले पहिले हिलोमा हिडनुपथ्यो अहिले पक्काी बाटोमा हिड्न पाएका छौं । विद्यत पाएका छौं यसैमा खुसी छौं उहाँले भन्नुभयो । नागरिकता बनाउन सदरमुकाम नेपालगन्ज पुग्न भारत हुदै जानुपथ्यो अहिले १ घण्टामै नेपालगन्ज पुग्ने सडक बनेको छ उहाँले भन्नुभयो । नौँ बुँदे सम्झौता गराएर ग्यास सिलिन्डर र चुलो बितरण गरिएको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, वडा अध्यक्ष मसुद अहमद शाह, लेखा अधिकृत प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

