भगतराम थारु : नेपालगन्ज १६ मंसिर – नेपालगन्ज जमुनाहा नाका हुदै आउने नेपाली नागरिकलाई बिना कोरोना चेकजाँच गरि पठाउने गरेको छ । भारतको विभिन्न शहरमा कमाउन गएका नेपाली नागरिकलाई नेपालगन्ज जमुनाहा नाकामा विना कोरोना चेकजाँच गरि नेपाल प्रबेश गर्न दिएको हो । हेल्पडेस्क छ तर चेकजाँच हुँदैन भारतबाट आउने नेपाली नागरिकहरुको भनाई छ ।
कोरोना कहर दिनप्रतिदिन कमि हुँदै गएपछि भारतको रुपैडिहा र नेपालगन्ज भन्सार नाका राज्यले खुकुलो बनाएको हो । पछिल्लो समय भारत लगायत अन्य देशमा नयाँ भेरियन्ट ओमिक्रोन देखापरेपछि राज्यले देशका सबै नाकामा कडाई गर्न निर्देशन दिएको छ । केही समय कोरोनाको हट स्पट मानिएको नेपालगन्ज उपमहानगरपालिकामा अहिले पनि दैनिक १५/१६ जना कोरोना पोजेटिभ भेटिने गरेका छन् भने एकदिन विराएर एक जनाको मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
राज्यले नाका कडाई गर्न निर्देशन दिएपनि नेपालगन्ज भन्सार नाका जमुनाहा भने खुल्लेआम रहेको छ जहाँ फाट्टफुट्ट बाहेक कोरोना चेकजाँच हुँदैन । भारतबाट आउने नेपाली नागरिकलाई विना कोरोना चेकजाँच गरि पठाउने गरेको देखिन्छ । भारतबाट नेपाल भित्रिने नागरिक दैनिक १ हजार बढि रहेको जमुनाहा प्रहरी चौकीको तथ्याङकमा रहेको छ । नेपालगन्ज उपमहागरपालिकाले नाकामा कडाई गर्न हेल्पडेस्क स्थापना गरेको छ तर भारतबाट आउने नागरिक विना चेकजाच नेपाल भित्रिने गरेका छन् । करिब ८ बर्षपछि नेपाल फर्किरहेका सल्यानका मेघराज लम्साल भारतमा कोरोनाको खोप लगाएर आएको बताउनुभयो । लामो समय भारतमा कमाएर नेपाल फर्किएको छु तर नेपाल भारत सिमानाकामा हामीसंग आएको ८÷९ जनाको ग्रुपलाई बिना कोरोना परिक्षण आउन दिएको उहाँले बताउनुभयो ।
भारतमा कडाई गरेपनि नेपालमा भने खुल्लम खुल्ला आवतजावत रहेको उहाँले बताउनुभयो । नेपाल भारत नाका प्रबेश गर्न कुनै रोकावट नरहेको अर्का रोल्पाका खुम बहादुर पुनले भन्नुभयो । भारतदेखि नेपाल प्रबेश गर्न सोधपुछ समेत नरहेको हुनाले सहजै नाकाबाट प्रबेश गर्न सकिएको पुनले बताउनुभयो ।

भारतबाट आउने नेपाली नागरिकमा दुई तिन दिनमा एक जनामा संक्रमण पोजेटिभ देखिने गरेको जमुनाहा नाकामा रहेको हेल्पडेस्कका प्रमुख गिता शाहीले भन्नुभयो । पोजेटिभ देखिएका नागरिकलाई काउन्सिलिङ गरि स्वास्थ्य सामाग्री प्रदान गरि स्वास्थ्य मापदण्डका पालना गरि पठाउने गरेको उहाँले बताउनुभयो । भारतमा समेत देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘मोमिक्रोन’ लाई नेपाल प्रवेश गर्न नदिन थप सजगता अपनाएर काम गरिरहेको डेस्क प्रमुख शाहीले बताउनुभयो । भारतबाट आउने नेपाली नागरिकलाई हेल्पडेस्कमा बोलाई दैनिक सय बढिलाई चेकजाँच गरि पठाउने गरेको उहाँले बताउनुभयो । हरेक मानिसलाई बोलाई बोलाई चेकजाँच गर्न कठिनाई समेत रहेको उहाँले बताउनुभयो । सकेजति हामीले चेकजाँच गरेका छौं हामीलाई प्रहरीले पनि धेरी सहयोग गरेको छ । प्रहरीको सहायताले चेकजाँच गर्न सहज भएको छ उहाँले भन्नुभयो । नाकामा रहेका हेल्थ डेस्कलाई विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको संक्रमण छ, छैन भनेर जाँच गर्न निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले भन्नुभयो । तेश्रो चरणको भेरियन्ट भित्रिन नदिन नाकामा हुने चेकजाँचमा कडाई गरिएको प्रजिअ खत्रीले बताउनुभयो । हरेक दिन जसो कोरोना भेटिएपनि तेश्रो चरणको भेरिन्ट अहिलेसम्म नेपालगन्ज नाकामा नभेटिएको उहाँले बताउनुभयो ।
कामका लागि भारतबाट फर्किने नेपालीको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्न र फेला परेका संक्रमितलाई थप परीक्षणका लागि नमुना संकलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन नाकामा रहेका हेल्थ डेस्कलाई निर्देशन दिएको हो । ‘नाकामा रहेका हेल्थ डेस्कले कोरोना भाइरस फैलिन नदिन पु¥याएको योगदान सह्रानिय छ । कोरोना भाइरसको ‘जिन सिक्वेसिङ’ का लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरि नमुना पठाउन निर्देशन गर्दै विभागले केन्द्रिय प्रयोगशालालाई नाकास्थित हेल्थ डेस्कबाट आएका नमुनाको जिन सिक्वेसिङको ब्यवस्था गर्न भनेको छ । उहाँले ओमिक्रोन भाइरस फैलिन नदिन विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा निगरानी बढाएको बताउनुभयो ।

