(Saturday 25th of July 2026)
`

नेपालगन्ज उप–महानगरपालिकामा तीनवटा तालहरु पर्यटकीय गतिविधिका लागि उपयुक्त

  • सगरमाथा गन्तब्य
  • 23.2K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा ३ वटा तालहरु पर्यटकिय गतिविधीका लागि उपयुक्त रहेको छ । नगरभित्र रहेको रानीतलाउ ताल संचालनमा रहेको छ भने जिल्ला कै ठुलो कान्ती ताल र वाटरपार्क संचालनमा आउने तयारीमा रहेका छन् । पछिल्लो समय कोभिडले गर्दा म्याद सकिएको ठेक्का पुन लागु गरि निर्माण कार्य धमाधम भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ र २२ स्थित पर्ने कान्ती ताल निर्माण कार्य हुदै आएको छ । नेपालगन्जको सयौँ वर्ष पुरानो ताल हो, कान्ती ताल । नेपालगन्ज उपमहानगरपालिका–२२ को पुरैनी र वडा–२१ को पुरैनामा पर्ने कान्ती ताल केही वर्ष पहिलेसम्म फोहोर फाल्ने ठाउँको रुपमा ताल रहेको थियो । २५ बिघा क्षेत्रफलमा रहेको उक्त ताल नेपालगन्ज उप–महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उक्त ताललाई नयाँ संरचनाका साथ निर्माण कार्य अगाडी बढाएको हो । बषौं पुरानो ताल रहेको हुनाले यसलाई वास्ता गरिएको थिएन स्थानिय मोहम्मद जावीर हल्वाईले भन्नुभयो । पन्चायतकालमा यस तालमा हात्ती आउने र माछा मार्ने कार्यमा लागु गरिएको थियो हल्वाईले भन्नुभयो ।
    कान्ती ताललाई सौन्दर्यकरण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनाको भौतिक निर्माणतर्फको सबै काम सकिएको उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले बताउनुभयो । २०७६ साल असार ८ गतेबाट सुरु भएको भौतिक निर्माणमा हालसम्म करिब साढे १० करोड खर्च भएको शर्माले जानकारी दिनुभयो । २०७७ साल मंसिर २८ गते सम्पन्न गरिसक्ने समय रहेकोमा कोरोनाका कारण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि म्याद थप गरिएकोेमा हाल आयोजना पूरा भएको उहाँले बताउनुभयो ।

    ‘अब केही छुटफुट काम पूरा गर्ने, सुधार गर्ने, रङरोगन गर्नेबाहेक निर्माणको सबै काम सकिएको छ,’ इन्जिनियर शर्माले भन्नुभयो । तालमा थप पर्यटक लक्षित संरचनाहरु भने निरन्तर निर्माण हुँदैजाने उहाँले बताउनुभयो । तालमा भौतिक निर्माणतर्फ चारैतिर माटो भरेर पर्खाल लगाइएको छ । पर्खालबाहिर वरिपरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको छ । सडकछेउमा दुवैतिर २ मिटर चौडाईको फुटपाथ बनाइएको छ । यसैगरी तालको प्रवेशद्धारामा गेट निर्माण गरिएको छ भने सडक छेउमा नाली निर्माण गरिएको छ उहाँले भन्नुभयो । ताल वरिपरि भौतिक निर्माण पूरा भएसँगै उप–महानगरपालिकाले बोटिङ, माछा पालन, पर्यटकीय गतिविधि सन्चालनका लागि निजी कम्पनीलाई जिम्मा दिने तयारी पनि अन्तिम चरणमा पु¥याएको छ । कान्ती ताल निर्माण पूरा भएसँगै नेपालगन्ज उप–महानगरपालिकामा तीनवटा तालहरु पर्यटकीय गतिविधिका लागि उपयुक्त भएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भन्नुभयो । रानीतलाउमा यसअघि नै गतिविधि संचालनमा ल्याएको छ भने कान्ती ताल र वाटरपार्क संचालनमा आउने क्रममा रहेका छन् उहाँले भन्नुभयो ।
    नगरलाई पर्यटनमय बनाउने योजनामा लागेका छौंं यसलाई बोटिङ र माछा पालनमा प्रयोग ल्याउने उहाँले बताउनुभयो । तिनै तालमा माछाका भुरा हालीसकेको उहाँले बताउनुभयो । आउने आर्थिक बर्षदेखि सबै ताल संचालनमा आउने उपमेयर थापाले बताउनुभयो । पर्यटकिय दृष्टिकोणले नगरका तालहरु निर्माणकार्य भैरहेको छ । केही काम मात्र बाँकी रहेको छ यसलाई छिट्टै संचालनमा ल्याउने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology