नेपालगन्ज : बाँके जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले बाँकेमा नगर स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले शनिवार नेपालगन्ज रंगशालामा पत्रकार सम्मेलन गर्दै यही मंसिर २४ र २५ गते नेपालगन्ज नगरस्तरिय आईटीएफ प्रतियोगिता हुने आयोजक नेपाल आईटिएफ तेक्वान्दो संघले जनाएको छ । दुई दिने नगर स्तरीय प्रतियोगितमा बाँके जिल्लाका आई.टि.एफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको संघका संयोजक रंजित गिरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो ।
त्यस्तै गिरीका अनुसार प्रतियोगितमा नगरका २३ वडा र जिल्लाका गरि २ सय ३० जना खेलाडीहरुको सहभागिता रहने जनाउनु भएको छ । साथै अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् उहाँले भन्नुभयो ।
जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न थालेको भन्दै प्रतियोगितालाई भव्य बनाउनका लागि नगरका सबै वडालाई सहयोगको गर्न आग्रह गर्नु भयो । प्रतियोगितामा महिला पुरुष तर्फ २० केजी तौल समुहदेखि ७० केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । खेल क्षेत्रमा स्थानियस्तरबाट प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग नभएको हुनाले खेल क्षेत्रमा स्थानिय स्तरका खेलाडी उत्पादनमा कमी आउदै गरेको आयोजकले जनाएको छ ।
