(Saturday 25th of July 2026)
`

काँग्रेसको एमालेसंग एक्लै भिड्ने ताकत छैन : पुर्व प्रधानमन्त्री ओली

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला हुने बताउनुभएको छ । अध्यक्ष ओलीले बुधवार नेपालगञ्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो अहिलेको सरकार जनादेशबाट होईन परमादेश ज्यादतिको पनि हद भएर आएको सरकारको कसरी आश गर्नुहुन्छ । सबै भन्दा ठुलो पार्टी र भईरहेको प्रधानमन्त्रीलाई अदालतले उम्मेद्धार हुन नपाउने भनेर अदालतले नै फैसला गर्छ यो भन्दा तमासा अरु के हुन्छ उहाँले भन्नुभयो । तर हामी अदालतको मान बढोस भन्ने चाहान्छौ र अदालतको विश्वास पनि गर्ने गरेको उहाँले बताउनुभयो ।
    अदालत लडाइको थलो, अदालत कालो पर्टी बन्ने थलो, अदालत, बार पिटापिट गर्ने ठाउँ जनताका मुद्दा र जनतालाई समस्या परिराखेको छ यसलाई जनताले कसरी बुझने उहाँले भन्नुभयो । एमाले विरुद्ध केही इमेल लेखेर पठाउँछन् केही इमेल पढेर सुनाउ छन् त्यही पनि एमाले विरुद्ध जनताका मुद्दा हेरदैन यो एकदमै दुखद कुरा हो अध्यक्ष ओलीले भन्नुभयो ।
    एमाले कुनै जात बिशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले भन्नुभयो मेचिदेखी महाकालीसम्म, तराईदेखी हिमालसम्मका सम्पुर्ण जातजाति, सम्पुर्ण धर्मावलम्बी मान्ने जनताहरुको साझा राष्ट्रिय पार्टी भएको एमाले नै हो ।
    पाँच दलिय गठबन्धनतिर इंगित गर्दै उहाँले एमालेसं एक्लै एक्लै भिड्ने कसैको ताकत नभएपछि, पराजित गर्ने हिम्मत नभएपछि पाँच दलिय गठबन्धन मिलेर एमाले एक्लैको विरुद्ध खनिएको उहाँले बताउनुभयो । ‘पाँच दल मिलेर गठबन्धन बनाएर एमाले एक्लैको विरुद्ध खनिएका छन, रोइरहेका छन, यता एमालेतिर आकर्षित हुँदै दिनानुदिन हजारौं जनता एमाले प्रवेश गरिरहेका छन् ।’ उहाँले भन्नुभयो ।
    एमाले लोकतन्त्रका लागि लडेको पार्टी भन्दै उहाँले देशमा राष्ट्रियताको पहरेदार गर्ने, भौगोलिक अखण्डताको पहरेदार गर्ने, विभिन्न भेदभाव र पक्षपातको बिरोध गर्ने पार्टी एमालेमात्र भएको बताउनुभयो । उहाँले एकपटक बिरोधिहरुले देशभर मधेसमा मधेस बिरोधी, पहाडमा आदिवासी जनजाति बिरोधी भनेर बिरोधीहरुले एमालेको विरुद्धमा हल्ला मच्चाएको भन्दै त्यो कुरा सत्य नभएको प्रमाणित भैसकेको बताउनुभयो । मधेसमा दैनिक हजारौं मधेसबासीहरु र पहाडमा आदिवासी जनजातिहरु एमालेप्रति आस्था राख्दै बिश्वास गर्दै एमाले प्रवेश गरिरहेको बताउँदै उहाँले जति अफवाह फैलाएपनि मधेसमा एमाले झन बलियो भएको दावी गर्नुभयो ।
    पार्टी प्रवेश कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पुर्व जिविस सभापति पशुपति दयाल मिश्र लगायत हजारौं सर्वसाधारणलाई एमालेमा प्रवेश गराउँदै उत्साहित भएर उहाँले यस्तो बताउनुभएको हो । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो ।’ उहाँले भन्नुभयो ‘चुनाव अगाडी नै एमालेले बाँके जितिसक्यो ।’


    मधेशवादी दलका नेता पशुपति दयाल मिश्र लगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै ओलीले मुलुकको विकासका लागि एमाले पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले काँग्रेसलाई बुढो पार्टीको संज्ञा दिँदै चुनावमा एक्ला एक्लै भिड्न चुनौति दिनुभयो ।
    उहाँले काँग्रेस प्रचण्डपथमा हिडेको आरोप समेत लगाउनुभयो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु पशुपति दयाल मिश्र, अब्दुल करिम खाँ ३ हजार बढि एमाले पार्टीमा प्रबेश गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology