नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ७ को कार्यालयमा पुगेर जबरजस्ती जन्मदर्ता बनाउनका लागि वडा अध्यक्षलाई दबाब दिए पछि वडा अध्यक्ष जुम्मन खाँले प्रक्रिया पुरा गरेर जन्मदर्ता बनाउने भने पछि एक समूहले कार्यकक्षमै अध्यक्ष खाँ माथि आक्रमण गरेको छ । वडा सदस्य किशोर थापाले प्रक्रियालाई मिचेर भए पनि जन्मदर्ता बनाउन र नागरिकता बनाउनका लागि तत्काल सिफारीश दिन वडा अध्यक्षलाई दबाब दिदै तथानाम गाली गलौज गरे पछि वडा कार्यालय केही बेर तनाब ग्रस्त बनेको थियो । वडा सचिबलाई जवरजस्ती बनाउन ताकेता गर्ने र वडा सचिवले गाली गरेपछि अध्यक्ष खाँ कहाँ आएका उनिहरु अध्यक्षले पनि नमानेपछि आक्रमण गरेका थिए ।
वडा अध्यक्ष खाँका अनुसार वडा सदस्य थापाको नेतृत्वमा आएका महिलाहरुले आक्रमण गरेका थिए । १४ वर्ष देखि बेपत्ता रहेको व्यक्ति स्थानीय भएकोले जन्म दर्ता बनाउन र नागरिकताका लागि सिफारीस दिन माग गरेको बताइएको छ । वडा अध्यक्ष खाँले प्रक्रिया पु¥याएर सबै काम गरिदिने बताए पनि वडा सदस्य थापा र २ जना महिलाहरुले तत्काल बनाउन भन्दै आक्रमण गरेका थिए ।
यता अध्यक्ष खाँलाई आक्रमण गर्ने वडा सदस्य थापा र २ जना महिलाहरुलाई वडा प्रहरी कार्यालय नेपालगंजले नियन्त्रणमा लिई ४ घण्टा पछि रिहा गरेको थियो ।
वडा अध्यक्षसंग वडा प्रहरी कार्यालयमा माफी मागे पछि तिनै जना रिहा भएका थिए । वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक डिल्ली खडकाले दुबै पक्षले सहमति गरे पछि पक्राउ परेकाहरुलाई रिहा गरेको बताउनुभयो ।
वडा अध्यक्ष जुम्मन खाँ वडाको विकासका लागि अग्रमोर्चामा रहेर काम गर्नुका साथै नागरिक मैत्री सेवा प्रदान गर्दैै आएका छन् । अध्यक्ष खाँ भन्नु हुन्छ कानुनको अधिनमा रहेर नागरिकहरुलाई सेवा प्रदान गर्दै आए पछि केही व्यक्तिहरुले गलत नियतका कारण आफू माथि आक्रमण गरेको जिकिर गर्नुभयो । उहाँले आफू माथि आक्रमण गर्ने व्यक्तिहरु माथि कानुनी कारवाही गर्ने तयारी गरे पनि वडा सदस्य र २ जना महिलाले सार्वजानिक रुपमा माफी मागे पछि नैतिकताका आधारमा आफूले माफी दिएको जानकारी दिनुभयो ।
