(Saturday 25th of July 2026)
`

प्रेस चौतारी बाँकेले गर्यो ७ बुंदे खड्गवार घोषणा पत्र सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज : पर्या पर्यटन प्रबद्र्धनका लागि संचारकर्मीको भुमिका सम्बसन्धी एक दिने अन्तक्रिया कार्यक्रम शनिवार बाँकेको कोहलपुर १३ खड्गवारस्थित होमस्टेमा सम्पन्न भएको छ । विजयादशमी, दिपावली एबम छठ पर्ब, नेपाल सम्बत र मोहर्म पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रम गरीएको हो । बाँकेको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बाँकेको खड्गवार गरिएको अन्तक्रियामा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको छ । अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले अन्र्तक्रिया कार्यक्रममा सहभागी सम्पुर्णलाई निर्वाचनको तयारी गर्न र हरक्षण पार्टीलाई जिताउने अभियानमा लाग्न सम्पुपूर्ण प्रेस चौतारीमा आबद्ध पत्रकारहरुलाई आग्रह गर्नुका साथै शुभकामना ब्यक्त गर्नुभयो ।
    यस्तै कार्यक्रमा खड्गवार घोषणापत्र समेत जारी गरीएको छ ।
    शनिबार भएको भेलाबाट जारी घोषणापत्र यस प्रकारको छ ।
    विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरु कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका छन । कतिपय पत्रकारहरुलाई संचार माध्यमले कामबाट निकालिदिने, समयमा पारिश्रमिक नदिने कार्य प्रति खृद प्रकट गर्दै कामबाट निकालियका पत्रकारलाई काममा फर्काउन र तत्काल पारिश्रमिक उपलब्ध गराउन भेलाले जोडदार माग गरेको छ ।
    लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार बिधेयक पत्रकार मैत्री नभएकाले अबिलम्व संशोधनका लागि भेलाले माग गरेको छ ।
    आर्थिक बर्ष २०७७÷०७८ को जेष्ठ र असार महिलाको लोक कल्याणकारी विज्ञापन बापतको रकम तत्काल भुक्तानी गर्न भेलाले माग गरेको छ । कोहलपुर नगरपालिका वडा न १३ खड्गवारलाई पर्यटकीय क्षेत्रको बिकास र हरित वडाको रुपमा प्रचार प्रसारमा प्रेस चौतारी आवद्ध पत्रकारले आफ्ना संचारमाध्यममा समाचार प्रकाशन, प्रशारण गर्न भृला प्रतिबद्ध रहेको छ ।
    मुलुककै कान्छो राष्ट्रिय निकुञ्जको रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनका रुपमा विकास गर्न सकारात्मक समाचारहरु प्रकाशन ,प्रशारण गरि सहकार्य गर्न भेला प्रतिबद्ध रहेको छ ।

    लुम्बिनी प्रदेश सरकारले पत्रकार कल्याणकारी कोषको रकम कटाएर आफ्नो निकटका केही मिडियालाई वितरण गरिएकाले यस्तो कार्य बन्द गर्न भेलाले माग गरेको छ । प्रेस चौतारी नेपाल बाँके शाखाको आयोजनामा गरेको भेलाबाट शुभ दिपावली, छठ, मोहम्मद डे लगाएत चाड पर्वको अवसरमा देश बिदेशमा भएका नेपालीहरुमा हार्दिक शुभकामना दिने भेलाबाट पारित गरिएको छ ।
    कार्यक्रममा हरित पर्या पर्यटन प्रबद्र्धनका लागी बृक्षरोपन पनि गरिएको थियो । प्रेस चौतारीका संघिय, प्रदेश र जिल्लाका पत्रकारहरुको सहभागिता रहेको अन्तक्रिया कार्यक्रम प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकको अध्यक्षतामा समापन गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology