नेपालगन्ज – स्थानिय जनप्रतिनिधि आएपछि टोलको गल्ली गल्लीमा कालोपत्रे र ग्राभेल भएको स्थानिय नागरिकहरुले बताएका छन् । स्थानिय सरकार आएपछि हरेक टोलको गल्ली गल्लीमा सडक कालोपत्रे भए पछि स्थानियवासीमा.खुसी छाएको छ । स्थानिय सरकारको काम प्रति स्थानियबासी हर्षित भएका छन् । स्थानिय स्तरमा विकास निर्माणको कामले गति लिएपछि स्थानियवासीमा खुसी छाएको हो । नेपालगन्ज उपमहानगरपालिका १८ मा भएको विकास निर्माणले स्थानिय हर्षित भएको स्थायनियवासीहरु बताउँछन् ।
वडाका हरेक टोल टोलका गल्ली गल्लीमा पिच, नाली सफाई, नाली निर्माण, मठमन्दिर निर्माण, मदरसा, शिक्षा स्वास्थ्य लगायतका कार्यमा वडाले सहयोग गरेपछि स्थानियहरु हर्षित भएका हुन् । पहिले पहिले हिलोमा हिड्नु पर्ने बाध्यता थियो अहिले पुरा भएको छ स्थानियले बताउँछन् । स्थानिय निकायमा जनप्रतिनिधि आएपछि हामी पनि खुसी छौं स्थानिय रमेश पाठकले भन्नुभयो । वडामा भएको काम प्रति जहिलेपनि तत्पर रहने वडा अध्यक्ष पाएका छौं उहाँले भन्नुभयो ।
सानो सानो बाटो र साँघुरो बाटोलाई पनि प्रथामिकतामा राखी वडा अध्यक्ष लगायतको टिमले स्थानियवासीहरुको मन जित्न सफल भएको स्थानिय पाठकले भन्नुभयो । जहिलेपनि समस्या झेली रहने वडाका टोल टोलमा पछिल्लो समयमा सुख्खा तथा फराकिलो बाटोमा हिड्न पाएको स्थानिय सुनिल थापाले बताउनुभयो । स्थानिय स्तरको बाटो साँघुरो हुनु र हिलोले हिड्डुल गर्न समस्या भएको हुनाले पिच भएपनि स्थानियवासीको मन जित्न सफल भएको स्थानिय थापाले भन्नुभयो ।

स्थानियवासीवासी र जनप्रतिनिधि एकसाथ भएर काम गरेपछि विकासले पनि गति लिएको स्थानियवासीहरुको भनाई छ । पहिलेको समस्या जस्तो अहिले समस्या छैन यसमा सवैको उत्तिकै भुमिका रहेको स्थानियवासीहरुको भनाई छ । सवैको सहकार्यले नै स्थानिय निकायमा विकास निर्माणको कार्यमा सफलता पाएको उनिहरुको भनाई छ । विगत झै अहिले दुख खेप्न नपरेको स्थानिय कप बहादुर गिरीले भन्नुभयो । स्थानिय जनप्रतिनिधिको कामले हामी सवै खुसी छौं गिरीले भन्नुभयो । स्थानिय निकायमा स्थानिय सरकार आएपछि आफुले सोचे अनुसारको र स्थानिय जनताले चाहे अनुसारको कार्य भएको हुनाले जनता उत्साहीत रहेको वडा नं. १८ का वडा अध्यक्ष दिपक कुमार बर्माले भन्नुभयो । हामीहरुको टिमले स्थानियवासी सन्तुष्ट रहेको बर्माले भन्नुभयो । जनप्रतिनिधि भएर आएपछि वडाको हरेक विद्युत पोलमा बत्ति जडान गरि वडालाई झिलिमिलि बनाएका छौं । विग्रेको खण्डमा आफै सोही स्थानमा पुगी सेवा प्रदान गर्दै आएको छु वडा अध्यक्ष बर्माले भन्नुभयो ।
स्थानिय जनताको चाहना अनुसार नै काम भएको हुनाले स्थानियवासीको पनि साथ सहयोग प्रयाप्त पाएको उहाँले बताउनुभयो । जनताको साथ सहयोगले नै वडालाई सफा र सुन्दर बनाउने योजना समेत रहेको उहाँले भन्नुभयो । हाम्रो टिमको योगदान र जनताको साथले वडालाई नमुना बनाएर देखाउने योजना रहेको वडा अध्यक्ष बर्माले भन्नुभयो । वडामा आएको बजेटले स्थानियवासीको घर आगन सम्म पु¥याउन सफल भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष बर्माले भन्नुभयो । स्थानिय निकायमा निर्वाचित भएर आएपछि विकास निर्माणलाई तिव्रता दिएको वडा अध्यक्ष बर्माले भन्नुभयो ।
स्थानियवासीको माग अनुसार काम गरेको हुनाले जनताले पनि हामीलाई साथ सहयोग गरिरहेको उहाँले भन्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि र जेष्ठ नागरिकलाई पनि उत्तिकै महत्वका साथ काम गरिरहेको उहाँले भन्नुभयो । जेष्ठ नागरिकहरुका लागि वडाले बार्षिक सम्मान गरिने गरेको वडा अध्यक्ष बर्माले भन्नुभयो । वडा कै आयोजनामा विभिन्न बार्षिक कार्ययोजनाले खेलकुद आयोजना तथा विद्यार्थीहरुको क्षमता अभिबृद्धि लगायतको कामलाई प्रथामिकता दिएर निरन्तरता दिएको उहाँले धारणा राख्नुभयो ।
