(Thursday 29th of October 2026)
`

लोकतान्त्रिक खेलकुदद्धारा बन मन्त्रि हमाललाई स्वागत तथा सम्मान

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    नेपालगन्ज ४ कार्तिक  : नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशले प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बिहीबार नेपालगन्जमा भब्य स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ओलम्पियन समेत रहेका मन्त्री हमालले वन मन्त्री भएपनि खेलकुददेखी टाढा नरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भन्दै खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो–‘शारीरिक बनोट र परिवारिक बंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिढीँलाई प्रेरित गर्नुपर्दछ ।’


    उहाँले बेमौसमी वर्षाले किसानको धानबालीमा पु¥याएको क्षतीको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने बताउनुभयो । उहाँले आफूले मुख्यमन्त्रीसंग कुरा गरेको बताउँदै पीडा खेपिरहेका किसानलाई राहत दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ओलम्पियन हमाल मन्त्री बनेपछि नेपालगन्जबासी धेरै खुसी भएको संघका अध्यक्ष थापाले बताउनुभयो । उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ’भोला’, खेलकुदसंग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको स्वागत, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी ‘भोला’ नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, ओलम्पियन पार्वती थापा, भलिबल संघका टिएस ठकुरी लगायत अतिथीको उपस्थिती रहेको थियो । प्रदेशको मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका हमाल स्वागत, सम्मान तथा भेटघाटमा ब्यस्त छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology