(Thursday 29th of October 2026)
`

सिमानाकामा कडाईका कारण बाह्य पर्यटक आउन डराउने

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    नेपालगन्ज – नेपाल भारत सिमानाका कडाईका कारण बाह्य पर्यटक नेपाल आउन गाह्रो मान्ने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा भित्रिने बाहिरी पर्यटकलाई आउन सहज वातावरण नभएको कारण नेपालको पर्यटकिय क्षेत्र फस्टाउन नसकेको उनिहरुले बताएका हुन् । प्रचार प्रसार हुन नसक्दा बाँके राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्न नसकेको सम्बद्धहरुले बताएका छन् । निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त बन्यजन्तु, प्राकृतिक शौन्दर्यताका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो ।
    निकुञ्जले शनिवार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले बाघ, घोरल, हात्ती, चितुवा, हरिण लगायतका बन्यजन्तु निकुञ्जमा हेर्न र देख्न सकिने बताउनुभयो । बाँके निकुञ्जका बन्यजन्तु हेर्नका लागि हात्ती र जीप सफारीका साथै निकुञ्ज भित्र मचान बनाइएको उहाँले बताउनुभयो । हात्ती सफारीका लागि बाँके राष्ट्रिय निकुञ्जले ६ वटा हात्ती ब्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । उहाँले जीप सफारी र हाईकिङको समेत गर्न सकिने बताउनुभयो । ‘पर्यटन प्रवद्र्धन गर्न सवै किसिमको प्रविधि र साधनको ब्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो, ‘हात्ती सफारी र जीप सफारीबाट बाघ, चित्तल, हरिण, हात्ती लगायतका बन्यजन्तु हेर्न र देख्न पाइन्छ ।’
    बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गरि बर्षेनी २५ हजार पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बार्षिक झण्डै दुई हजार पर्यटकमात्र आएको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । ‘नेपालमा आउने कुल पर्यटकको एक प्रतिशत मात्र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउँछन् । बाँके निकुञ्ज गणनामा आउँदैन,’ तराई भू–परिधि कार्यक्रमका प्रमुख डा. रविन कडरियाले भन्नुभयो ।
    बाँके राष्ट्रिय निकुञ्ज बबई र राप्ती नदीको वीचमा छ । यी दुई वटा नदीमा ¥याफ्टिङ गर्ने तयारी गरिएको छ । पर्यापर्यटनको विकास गर्न एक महिना भित्र ¥याफ्टिङको ब्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । उहाँले चार वटा बोट खरिद संचालनको तयारी गरिएको स्पष्ट पार्नुभयो । ‘तत्काल निर्णय गरेर राप्ती नदीमा ¥याफ्टिङको ब्यवस्था मिलाउने योजना छ,’ उहाँले भन्नुभयो । राप्ती नदीमा ¥याफ्टिङका लागि यस अघि नै परीक्षण भइसकेको छ । निकुन्जले आयोजना गरेको कार्यक्रममा बाँके बर्दियाका पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology