नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका ११ स्थित थारु गाँउ (पिपलचौतारा) का १ सय ५० जना बढि नेकपा एमालेमा प्रबेश गरेका छन् । कोहलपुर ११ थारु गाउँ नेपाली काँग्रेसको मुख्य अखडाको रुपमा चिनिन्थ्यो । काँग्रेस र माओबादी त्याग गरि शनिवार नेकपा एमालेमा १५० जना प्रबेश गरेका हुन् । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा सदस्य बज्जु थारु र युवा संघ बाँकेका जिल्ला सदस्य अरुण थारुको विशेष अगुवाईमा पार्टी प्रबेश गरिएको नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य चन्द्र चौधरीको योजनामा पार्टी प्रबेशमा गरेका थिए । नेकपा एमाले कोहलपुर ११ वडा कमिटिको आयोजनामा तथा नेकपा एमालेको तर्फबाट विशेष पार्टी प्रबेश योजनाकार चन्द्र चौधरीको पहलमा १ सय ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य हारुन हल्वाईले जन –जनमा नेकपा एमाले प्रतिको स्नेह र राष्ट्रियता प्रतिको नेकपा एमालेको अडानका कारण नेकपा एमाले जनताको मनमा बस्न सफल भएको बताउनुभयो । उहाँले नयाँ प्रवेशिकालाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
पूर्व सांसद देवराज भारले राष्ट्रियलाई आत्म साथ गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउँदै राष्ट्र हित विपरित अग्रसर पार्टी नेपाली कागे्रस र नेकपा माओवादी केन्द्रका गतिविधिहरु नियाल्दै उनीहरुका हर्कतका विरुद्ध एक हुनु पर्ने बेला आएको बताउनुभयो । यसै गरी नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकालले नेकपा एमाले पार्टी कसैले चाहेर फुट्ने र जुट्ने पार्टी नभएको बताउनुभयो । उहाँले नेकपा एमाले जनताको पार्टी रहेको बताउदै कसैले चाहेर पार्टी नष्ट नहुने बताउनुभयो ।
नेकपा एमाले मजदुर ,किसान श्रमजीविहरुको अधिकार सुनिश्चित गर्ने पार्टी रहेको बताउदै आम जनतालाई आफ्नो गाउँ आफै बनाउँ भन्ने पार्टी रहेको बताउदै राष्ट्रिय राजनितिक बलियो बनाउँन र राष्ट्र हितका लागि आम जनताले नेकपा एमाले रोज्ने गरेको दाबी गर्नुभयो । ढकालले प्रवेश गर्ने सबैलाई नगर कमिटि, राष्ट्रिय युवा संघ क्षेत्रिय कमिटि लगायत स्थानको जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत पूर्व लुम्बिनी प्रदेश मन्त्री आरती पोडेल जिल्ला कमिटिका पदाधिकारी लगायतले पार्टी प्रवेश कार्यक्रममा शुभकामना तथा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
