(Thursday 29th of October 2026)
`

स्थानीय तहमा सिमान्तकृतका कुरालाई नितिगत व्यवस्था गर्न कार्ययोजना निर्माण

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    नेपालगन्ज ११, साउन । स्थानीय सरकारले सिमान्तकृत समुदायका कुरालाई नितिगत व्यवस्था गर्नका लागि कार्ययोजना निर्माण गरेको छ । बाँके र बर्दिया जिल्लाका स्थानीय तहहरुले अल्पसंख्यक तथा पछाडी पारिएका वर्गहरुको उत्थानका लागि स्पष्ट नितिगत व्यवस्था गर्नुपर्ने जोड दिइएको छ ।
    पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले सोमबार बाँके र बर्दियामा गरेको छुट्टा छुट्टै कार्यशालामा सहभागिहरुले आफुहरुको समस्या समाधानका लागि नितिगत व्यवस्था बनाउन जोड दिइएको हो ।
    कार्यक्रममा सहभागि सिमान्तकृत समुदायका अगुवाहरुले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार, क्षमता अभिबृद्धि तथा सेवाको गुणस्तरियता बृद्धि, पहुँच तथा सहभागिता लगायतका बारेमा नितिगत व्यवस्था गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो । निर्माण गरिएको कार्ययोजना अनुसार स्थानीय सरकारको ध्यानाकर्षण गराइने र सो व्यवस्थाका पहल गरिने केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो ।
    बाँके कार्यशालामा अधिकारकर्मी रविन्द्र कर्ण र बर्दियामा अधिबक्ता काशीराम चौधरीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बाँकेको डुडुवा र बर्दियाको बढैयाताल गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, सिमान्तकृत तथा अल्पसंख्यक, दलित समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology