नेपालगन्ज – बैजनाथ गाउँपालिका १ च्यामाको एकमात्र बाटो हिलम्मे हुँदा स्थानियवासीलाई सास्ती खेप्न परेको छ । २००६ सालमा बस्ती बसेको च्यामा गाउँमा अझै पनि सडकमा राम्रो ग्राभेल छैन् । बार्खायामामा हिलम्मे र गर्मीयामामा घुलम्मे हुने गरेको स्थानियको भनाई छ । यति पुरानो बस्तीमा अझै पनि विकास हुन नसक्दा च्यामा गाउँलाई स्थानिय सरकारले अपहेलना गरेको स्थानियको आरोप छ । आवतजावतमा एकदम कथिनाई छ । सानो झरीले पनि हिड्न मुस्किल पर्छ एक जना स्थानियले भन्नुभयो । सडक छोडेर खेतको आली आली हिड्नु पर्छ उहाँले भन्नुभयो । गाउँमा जान आउन एकदम गाह्रो छ मोटरसाइकल, साइकल, अटो रिक्सा एम्बुलेन्स जान सक्ने अवस्था छैन स्थानिय राकेश कुमार चौधरीले भन्नुभयो । पुरानो बस्ती हुँदा पनि स्थानिय सरकारले वास्ता नगरेको उहाँले बताउनुभयो ।
गाउँमा जान पर्दा एक किलोमिटर टाढा मोटरसाइकल राखेर हिडेर जान पर्ने अवस्था छ । कोही पाहुना आएभने लाज मर्नुपर्ने अवस्था सृजना हुन्छ उहाँले भन्नुभयो । गाउँका कोही विरामी पर्दा एम्बुलेन्स जान सक्ने अवस्था छैन स्थानिय सरकारले चासो दिएको छैन कोही केही बोल्यो भने दुश्मनीको संघ्याले हेर्छन उहाँले भन्नुभयो । विकासको लागि बोल्दा पनि विरोध गर्ने चलनले यहाँको बस्ती विकास हुन नसकेको स्थानिय गणेश दहितले भन्नुभयो ।

स्थानिय सरकारलाई व्यक्तिगत सहयोग गर्न स्थानिय तयार भएपनि स्थानिय सरकारले चासो नदिदा स्थानियवासीलाई सास्ती खेप्न परेको दहितले बताउनुभयो । स्थानिय समाजसेवीले ग्राभेल र ट्याक्टर, टिप्पर दिएर सहयोग गर्ने जनाएपनि स्थानिय सरकारले पहल र वास्ता नगर्दा स्थानियलाई हिड्ना समस्या भएको उहाँले बताउनुभयो । कति पटक आफ्नै घरमा आउने पाहुना तथा स्कुल जाने बालवालिका समेत बाटोका कारण दुर्घटनामा पर्दा समेत स्थानिय सरकारको ध्यान जान सकेन बाटो निर्माणमा । स्कुल बस, ट्याक्टर, मोटरसाइकल, साइकल, रिक्सा, अटोरिक्सा हिड्न छाडे स्थानिय च्यामाका दहितले भन्नुभयो । घरमा पाहुना आउँदा या बालवालिका स्कुल जाँदा हिलम्मे र धुलम्मे हुन्थे ।
यस्तै बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनाएको सडक भएको हुनाले स्थानियलाई सास्ती खेप्न परेको जानकारी गराउनुभयो । केही दिनमै ग्राभेल हाल्ने कार्य हुन्छ वडा अध्यक्ष मल्लले भन्नुभयो । वडाबाट एक लाख बजेट छुट्याएको थियो एक लाख थप पालिकाबाट माग गरेका छौं अध्यक्ष मल्लले भन्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनेको च्यामा जोड्ने सडक नयाँ भएको हुनाले समस्या भएको उहाँले बताउनुभयो । नयाँ आर्थिक बजेटमा च्यामा गाउँको लागि १२ लाख बजेट छुट्याईएको छ जसले स्तरिय ग्राभेल हालेर स्थानियलाई हिडदुल गर्न सहज बनाउने उहाँले जानकारी गराउनुभयो । च्यामा गाउँमा ८७ घरधुरी छन् ।
