नेपालगन्ज ०६ असार – बाँकेको नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न स्थानमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । बाँकेमा अपराध न्युनिकरण गर्न सिसी टिभी क्यामरा जडान गरिएको हो । जडान गरिएको सिसि टिभी क्यामराले अपराधिक क्रियाकलापमा सघाउ पु¥याएको छ । दैनिक चोरी, सडक दुर्घटना लगायत विभिन्न अपराधिक क्रियाकलापमा अपराध अनुसन्धान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसिटिभी क्यामरा, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका लगायतका स्थानमा गरि १ सय ४४ वटा सिसि क्यामरा बाँकेमा जडान गरिएको छ । सिसी टिभी जडान गरेपछि व्यपार व्यवसायमा हुने चोरी, लुटपाटमा समेत कमि आएको स्थानिय व्यवसायी नन्दलाल वैश्यले जानकारी गराउनुभयो । दैनिक चोरीका घटना सुनिन्थ्यो सिसि टिभि क्यामरा जडान गरिएपछि चोरीका घटना सुन्नमा कमि आएको छ वैश्यले भन्नुभयो । स्थानिय व्यसायीहरु मिलेर नेपालगन्ज उपमहानगरपालिका भित्र सिसि टिभी जडान गरिएको उहाँले जानकारी गराउनुभयो ।

व्यवसायीहरु सुरक्षाका लागि सिसि टिभी क्यामरा जडान गरियो अहिले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छौं उहाँले भन्नुभयो । सिसि टिभी जडान समितिले पहिलो प्रयास आफैबाट गर्नुपर्ने मान्यता अनुसार समितिका २५ जना पदाधिकारीहरुबाट २ लाख ५२ हजार १ सय संकलन गरि सिसि टिभी क्यामरा कोष निर्माणमा गरिएको समितिका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । विभिन्न संघ संस्था र व्यवसायीबाट सिसि टिभी क्यामरा जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको उहाँले बताउनुभयो । सिसिटिभी राझा, भुजैगाउँ, कारकाँदौं, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, कोहलपुर, महेन्द्र राजमार्ग लगायतका स्थानमा जडान गरिएको छ ।

सिसि टिभी क्यामरा जडानले निकै नै प्रभावकारी देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी गराउनुभयो । क्यामराले अपराध न्युनिकरणमा सघाउ पु¥याएको डिएसपी खड्काले जानकारी गराउनुभयो । चोरी, सडक दुर्घटनामा फरार रहेका अपराधीलाई सिसि टिभीको फुटेजको आधारमा पक्राउ गर्न सफल भएको उहाँले जानकारी गराउनुभयो ।
चोरी गरेर फरार रहेका र दुर्घटना गरेर फरार रहेका सवारी साधानको नम्बरले पनि फरार अभियुक्तलाई पक्राउ गर्न सिसि टिभी क्यामराको महत्वपुर्ण भुमिका रहेको डिएसपी खड्काले बताउनुभयो । सडकमा मात्रै नभई नेपालगन्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलमा समेत सिसी क्यामरा जडान गरिएको छ ।
