(Wednesday 28th of October 2026)
`

सलमानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने 

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    काठमाडौं । बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने भएका छन् । अर्का बलिउड स्टार अक्षय कुमारले २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको केही दिनमै सलमानले पनि सहयोगको घोषणा गरेका हुन् । सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने जनाएका छन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जिविका गुजार्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत पठाउन आग्रह गरेका छन् । सलमानले मजदुरहरुको बैंक खातामा पैसा जम्मा गरिदिनेछन् । भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने कामदारको जनजीवन कठिन बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology