(Thursday 29th of October 2026)
`

हत्या, हिंसा र बलात्कार अन्त्यको माग

  • सगरमाथा गन्तब्य
  • 13.7K
    SHARES

    नेपालगन्ज ९ फागुन
    महिला मानबअधिकार रक्षक संजाल बाँकेको आइतवार बसेको बैठकले अन्र्तराष्ट्रिय श्रमिक महिला दिबश (मार्च ८) का दिन महिला हिंसा, हत्या र बलात्कारको अन्त्य होस भन्ने उद्देश्यले साँझ मैनबत्ति बाल्ने निर्णय गरेको छ ।
    महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले बैतडिकी किशोरी भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने व्यक्ति पत्ता लागि सकेका कारण कानुन बमोजिमको कारवाहिको माग गरेको छ ।
    यसैगरी २ बर्ष अघि बलात्कार गरी हत्या गरीएकी किशोरी निर्मला पन्तका हत्यारालाई पनि पत्ता लगाइ कानुन बमोजिमको कारवाहिको माग गरेको संजालका उपाध्यक्ष जमुना केसीले बताइन । संजालले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश (मार्च ८ ) मा अन्य संघ संस्थासंगको सहकार्यमा ¥याली र अन्र्तक्रिया गर्ने समेत निर्णय गरेको छ । बैठकले नेपालगन्ज दैनिक पत्रिकामा बलात्कारको प्रयास शिर्षकको समाचार प्रकाशित भए पश्चात पनि पिडकलाइ कुनै कारवाहि नभएको घटना प्रति खेद प्रकट गर्दै पुन ः यस्ता महिला हिंसा र बलात्कारका घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयसंग जोडदार माग गरेको छ । यसै गरी बैठकले फागुन १४ र १५ गते काठमाण्डौंमा हुने केन्द्रिय साधारणसभामा महिला मानबअधिकार रक्षक संजालका कार्यसमिति सदस्य कौशिला जैसीलाई पठाउने समेत निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology