(Thursday 29th of October 2026)
`

दिदीवहिनी एकता कृषि सहकारीको दशौं बार्षिक साधारणसभा सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 12.5K
    SHARES

    नेपालगन्ज ११ पुष – दिदी बहिनी एकता कृषि सहकारी लिमिटेडको दशौं बार्षिक साधारण सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिका ५ का वडाअध्यक्ष झगरु थारुको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष सुमिता थारुको अध्यक्षतामा दर्शौ बार्षिक साधारणसभा सम्पन्न भएको हो । दर्शौं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै वडाअध्यक्ष झगरु थारुले ग्रामिण बस्तीका महिला पनि बचत गर्न थालेपछि खुसी लागेको बताउनुभयो । खाई नखाई बचत गर्न सफल भएको प्रति उहाँले आभार व्यक्त समेत गर्नुभयो । ग्रामिणबस्तीका महिला दिदीवहिनीहरुले पनि धेरै धेरै रकम जम्मा गरेर सो रकम व्यवसाय तर्फ लगाउन उहाँले आग्रह गर्नुभयो । महिलामात्र आवद्ध रहेको सहकारीले आफ्नो निजी बनाउन सफल भएको प्रति उहाँले बधाई समेत दिनुभयो ।

    वडाअध्यक्ष झगरुले गरिब दुखीको सेवामा सहकार्य गरेको सहकारीले यतिको प्रगति गरेको प्रति सहनिय रहेको जानकारी गराउनुभयो । यस्तै मुक्त कमलरी विकास मन्चका अध्यक्ष पार्वती थारुले बच्चादेखि नै दुख झेल्दै आएका हुनाले हामीले सानो सानो रकम बचत गर्ने बानी बसाल्नु पर्ने धारणा राख्नुभयो । मुक्त कमलरीलाई लक्षित गरि खोलिएको सहकारीले १० बर्ष पुरा गर्न सफल भएको प्रति खुसी ब्यक्त गर्दै उहाँले भन्नुभयो । महिला दिदीवहिनीहरुका लागि सिपमुलक कार्यक्रम समेत आएको हुनाले सिक्न चाहनेलाई सहभागी हुन आग्रह गर्नुभयो । सानो उमेरबाट दुख झेल्दै आएको हुनाले स्थानिय सरकारले पनि साथ सहयोग गर्दै आएको उहाँले धारणा राख्नुभयो । यस्तै सहकारीका अध्यक्ष सुमिता थारुले सय रुपैयाबाट शेयरपुजी सुरु गरेको सहकारी अहिले माया गरेर यस स्थानका दिदीवहिनीहरुले हजार रुपैयाको शेयरपुजी लिन थालेको जानकारी गराउनुभयो । महिलादिदीवहिनीहरुलाई उहाँले भन्नुभयो बचतमा ध्यान दिई व्यवस्थापनमा लगानी लगाउन आग्रह गर्नुभयो । सहकारीका सदस्यहरुलाई व्यवसायीक बनाउन सानो सानो रकमलाई एकान्तर गरि व्यवसाय तर्फ उन्मुख गराउन सफल भएको दावी गर्नुभयो । यस्तै सहकारीका कोषाध्यक्ष आरती चौधरीले गत बर्ष १२ लाख ४ हजार ९ सय २० रुपैया शेयर पुजी रहेको र यसबर्ष २० लाख शेयरपुजी पुगेको जानकारी गराउनुभयो । सहकारीमा यसबर्ष ८ हजार ४ सय ११ रकम नगद बाँकी रहेको छ ।

    यस्तै ऋण लगानीमा १७ लाख ५१ ह्जार १ सय २८, पाउनुपर्ने हिसाव ७६ हजार ३ सय ४०, जम्मा रकम १९ लाख १३ हजार ५ सय ७९ रहेको कोषाध्यक्ष चौधरीले बताउनुभयो । सहकारीले १० औं बार्षिक साधारणसभामा उत्कृष्ट बचत कर्ता, नाबालक बचतकर्ता र विभिन्न महिला समुहलाई सम्मान गरेको छ । जसमा उत्कृष्ट बचतकर्ता जनक कुमारी थारु, नावालक बचततर्फ शिशिर थारु र महिला समुहतर्फ सफल कृषि महिला समुह ललही, कृतिका महिला समुह, गुलाब महिला समुह, गंगा महिला समुह, हरियाली महिला समुहलाई सहकारीले सम्मन गरेको छ । १० औं बार्षिक साधारणसभा कार्यक्रममा शेयर सदस्य महिला दिदीवहिनी, स्थानिय जनप्रतिनिधि, समाजसेवी महिलादिदी वहिनी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology