(Thursday 29th of October 2026)
`

निलखबरले गरिब दुखीको बेदना बुझोस्

  • सगरमाथा गन्तब्य
  • 14.3K
    SHARES

    नेपालगन्ज ०५ पुष – बाँकेको नेपालगन्जलाई केन्द्र बनाएर संचालन गरिएको निल खबर डटकम शनिवारदेखि सुचारु भएको छ । शनिवार नेपालगन्जमा एक कार्यक्रमका विच निल खवर डटकम उद्घाटन तथा कार्यालय सुचारु गरेको हो ।  प्रमुख अतिथि पुर्व राज्य मन्त्री तथा भुमि आयोगका केन्द्रीय सदस्य दिनेश चन्द्र यादवले अनलाइनको व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो । यादवले अहिलेका युवा पुस्ताको पत्रकारिता पेशा फरक रहेको जानकारी गराउदै भन्नुभयो यो अनलाइनले ग्रामिणवस्तीका वासिन्दाको समस्यालाई उजागर गर्न सकोस उहाँले भन्नुभयो । पत्रकारिता पेशा अरुको भावनासंग खेल्न नहुने जानकारी गराउदै विस्तृत रुपमा बुझेरमात्र समाचार प्रकाशन गर्ने करामा उहाँले जोड दिनुभयो । पत्रकारिताले क्षेत्रले चाहे देश परिवर्तन गर्न सकिन्न हैसियत भएको हुनाले यसप्रति जिम्मेवारी पुर्वक लाग्न उहाँले आग्रह गर्नुभयो ।
    यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु पोैडेलले सत्यतथ्य समाचारमा विशेष निल खबर डटकमले जोड दिन आग्रह गर्नुभयो । समाचारको मुल मर्मलाई टेकेर समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो । युवापुस्तामा जोस जागर रहेको हुनाले जस्तो सुकै ठाउँमा गएर पनि खोज पत्रकारितामा जोड दिन उहाँले आग्रह गर्नुभयो । उहाँले एउटा फोटोको आधारमा समाचार होइन भोलिको दिनमा निरन्तरता दिगो र सफल बनाउन तिर लाग्ने कुरामा जोड दिनुभयो ।
    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिङ थारुले निल खबरले ग्रामिण वस्तीका गरिब दुखीको समाचारलाई प्रथामिकता दिन सके अनलाइनले नेपालगन्जमा फड्को मार्न सक्ने धारणा राख्नुभयो । अहिलेका अनलाइनले कपि पेष्टवाला समाचारमा जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो निलखबरले यस्तो नगरि गरिब दुखीको मुद्दालाई प्रथामिकतामा राखेर अगाडी बढ्न आग्रह गर्नुभयो । समाचार सम्प्रेषण गर्दा पिडित र पिडक दुवैको भनाई राख्दा समाचार लेखेको कारण धम्की तथा कारवाही भोग्न नपर्ने बताउनुभयो । हिजोआज अनलाइनको क्रेज बढेको हुनाले सर्वसाधारण देखि हाकिम सम्मले अनलाइन हेर्ने गरेको कुरा उहाँले उल्लेख गर्नुभयो ।


    बाँके पत्रकार महासंघका उपाध्यक्ष रुपा गहतराजले पत्रकारले आलोचना सुन्ने कोशिश गर्नु पर्ने कुरामा उल्लेख गर्नुभयो । पत्रकारिता गर्नेहरुले हिजोआज एक ब्यक्ति एक अनलाइन भएको अवस्था यसलाई कसरी छुट्टै तरिकाले जनतामा लैजाने र विस्वास दिलाउन सक्ने जस्ता बाताबरण बनाउने कुरामा जोड दिनुभयो । बरिष्ठ पत्रकार झलक गैरेले पत्रकार रहरले होइन जिम्मेवारी पनि भएको हुनाले यसलाई गम्भीरता पुर्वक रुपले हेर्न आवश्यक रहेको बताउनुभयो । पत्रकारितामा अहिले अनलाइनहरु अगाडि रहेको र अनलाइनलाई निरन्तरतासँगै मर्म र धर्मलाइ मध्य नजर गर्ने कुरामा उहाँले जोड दिनुभयो ।
    ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाहले मन्तव्य राख्दै गर्दा अनलाइन खबर ग्रामिण पत्रकारिताले दिगो र छिटो समाचार सम्प्रेषण गर्न अनलाइन मिडियाको प्रभावकारी बढेको जानकारी गराउनुभयो । हामीले कस्तो पत्रकारिता गर्दैछौं र कस्तो गर्ने भन्ने कुरा ख्याल गर्नु पर्दछ र रिसिबीको आधारमा पत्रकारले समाचार बनाउने जस्ता कुरालाई मध्य नजर गर्दै अगाडि बड्न आग्रह गर्नुभयो ।
    उक्त कार्यक्रममा शुभकामना मन्तव्य निल खबर अनलाइन समाचार संयोजक सन्ध्या शर्माले गर्नुभएको थियो ।


    निल खबरको उद्घाटन कार्यक्रममा निल खबरका अध्यक्ष अजय पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री तथा भुमि आयोग केन्द्रीय सदस्य दिनेश चन्द्र यादव , अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु शाही, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, अधिवक्ता विश्वजित तिवारी, पत्रकार झलक गैरे, थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष पत्रकार भगतराम थारु, पत्रकार बिक्रम बुढाक्षेत्रि लगाएतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology