(Thursday 29th of October 2026)
`

जानकीका उपभोक्ता समितिलाई अभिमुखीकरण

  • सगरमाथा गन्तब्य
  • 23.9K
    SHARES

    जानकी, २१ मंसिर – जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिन शुरु गरेको छ । वडा नं.३ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै कार्यपालिका सदस्य एवम् पूर्वाधार समिति संयोजक राजकुमार धोवीले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
    उहाँले स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ्यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ्यौट हुनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो । गाउँका सबै जनतासामु पारदर्शी र इमान्दारीताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, लेखा अधिकृत मतीन अहमद अन्सारी, योजना शाखा सहजकर्ता राजेन्द्र बाजपेयी लगायतले तालिमको सहजिकरण गर्नुभएको छ । जानकी गाउँपालिका वडा नं. ३ मा आर्थिक वर्ष २०७७÷०७८ को लागि २५ योजना छनौट भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology