- मनिराज पाण्डे
कालिकोट, २० जेठ । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले दिएको पछिल्लो अपडेट अनुसार मंगलबार थप पुष्टि भएको संख्या २९ रहेको छ । यससँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ६२ पुगेको छ । थपिएका मध्ये सुर्खेतका ११ सल्यानका ९ जना र सुदुरपश्चिम प्रदेश अछामका ९ जना रहेका छन् । उनीहरूको प्रदेश अस्पताल सुर्खेतकाे प्रयोगशालामा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये अछामका दुई जना महिला रहेका छन् । न्युज २४ नेपालबाट
