भगतराम थारु – नेपालगन्ज : थारु परिकारको स्वाद बेग्लै हुने गर्दछ । जताततै जहिले पनि पाउन मुस्किल हुन्छ । थारु समुदायले पनि हरेक दिन बनाएर स्वाद लिन असम्भव देखिन्छ । थारु समुदाय भन्दा अन्य समुदायका मानिसले थारु परिकारको स्वाद झनै मन पराउने गर्दछन् । यति बेला थारु परिकारको जतिबेला पनि स्वाद लिन थारु होमस्टे निर्माण गरि परिकारको स्वाद लिन सकिने व्यवस्था थारु गाउँबस्तीमा थारु होमस्टे संचालनमा आएका छन् । पश्चिम नेपालको तराई बस्तीमा थारु होमस्टेले बजार पाउँदै आएको छ ।
थारु होमस्टेले बाह्य वा स्थानिय पर्यटन भित्राउन ठुलो मद्दत गरेको छ । विरेन्द्र नगरपालिका २ सुर्खेतमा रहेको कोलडाँडा थारु होमस्टेमा थारु परिकारका पारखीहरुले स्वाद लिन भरिभराउ हुन्छन् । थारु समुदायका भन्दा अन्य समुदायका मानिसहरु होमस्टेमा आउने गरेको कोलडाँडा थारु होमस्टेका संचालक पुर्ण बहादुर चौधरीले भन्नुहुन्छ । २०७७ सालमा स्थापना भएको होमस्टे १ करोड लागतमा सुरुवात गरिएको होमस्टेका संचालक चौधरी भन्नुहुन्छ । अहिले २ करोड लागत पुगिसकेको छ उहाँले भन्नुभयो ।
थारु समुदायको रुप झल्किने देखि स्थानियको रोजाई अनुसार खानपिन र मनोरञ्जनात्मक दृश्य तथा अवलोकन गर्ने प्राकृतिक स्थान देखिन सक्ने कोलडाँडामा तालिम, गोष्ठी संचालन गर्न सक्ने एक सय बढि क्षमता भएको हल, सुर्खेतको रमणिय दृष्य हेर्न सकिने भ्युटावर, थारु मिनि संग्राहलय, चिल्ड्रेन पार्क, डुङगाबाट ताल सफारी लगायतका अवलोकन गर्न र थारु परिकारको स्वाद लिन सकिने संचालक चौधरीले भन्नुभयो । २८ कठ्ठामा रहेको कोलडाँडा होमस्टेमा थारु परिकार घोघी, ढिक्री, साढेको आलु, सिध्रा माछा, लोकल कुखुरा, मुसाको चटनी, डोक्नीको चटनी, चामल, महुवा लगायतको घरपालुवा जाँड बढि विक्री र खोज्ने गरेको उहाँले बताउनुभयो । सुर्खेत जिल्लामा थारु समुदायको बढि बसोबास रहेको ३८ वटा गाउँ छ ।

जहाँ ८ हजार बढि थारु समुदायको जनसंख्या रहेको पाइन्छ । थारु समुदायको बहुल्यता रहेको सुर्खेतको कालिमाटीमा १, तिलपुरमा १, पातालगंगामा १ र नयाँ गाउँमा १ थारु होमस्टे संचालनमा रहेको थारु समाजसेवी, बुद्धिजिबी, नयाँ गाउँ होमस्टेका संचालक बालकृष्ण थारुले बताउनुभयो । सुर्खेतमा पुर्खौली परम्परागत रितिरिवाज अनुसारको परम्परा हराउदै जानुमा आफु दुखि भएको बताउनुहुन्छ । सुर्खेत जिल्लामा यतिका थारु बस्ती छन जहाँ पुर्खोली परम्परा अनुसारको संस्कति विलय हुदै गएको उहाँले महसुस गरिएको बताउनुभयो । थारु परम्परालाई जोगाउन हरप्रयास गर्दै आएपनि पहिले जस्तो अहिलेको पुस्तामा नदेखिएको हुनाले परम्परागत संस्कृति लोप हुदै गएको उहाँले बताउनुभयो । अहिले थारु समुदायको पुर्खोदेखि चलिआएको संस्कृति हेर्न मेला, महोत्सव तथा विभिन्न किसिमका आयोजना गरिएको कार्यक्रममा मात्र देख्न सकिने उहाँले बताउनुभयो । सुर्खेत जिल्लाका थारु समुदायले दशै र माघ पर्व मात्र मनाउने गरेको उहाँले बताउनुभयो । थारु समुदायको परम्परागत चलिआएको गरही पर्व, अनत्तर, अतवारी, अष्टमी पर्व लोप हुदै गएको उहाँको भनाई छ ।





