(Thursday 29th of October 2026)
`

तालिमको तेस्रो दिनमा पत्रकारिता र उद्घोषक विचको सम्बन्धमा केन्द्रित प्रशिक्षण

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    बाँके — नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी ५ दिने आधारभूत उद्घोषण तालिमको शुक्रवार तेस्रो दिन विभिन्न व्यावहारिक र सैद्धान्तिक सत्रहरूसहित जारी रहेको छ ।
    पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोग, गुलरिया नगरपालिका वडा ५ नं. वडा कार्यालयको समन्वय तथा बर्दियाली थारु कलाकार मञ्च बर्दियाको आयोजनामा ५ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी आधारभूत उद्घोषण तालिम तेश्रो दिन सम्पन्न भएको हो । पत्रकारिता र उद्घोषक विचको सम्बन्ध विषयक प्रशिक्षण पत्रकार भगतराम थारुले गर्नुभएको थियो ।
    तालिममा प्रशिक्षकहरूले उद्घोषण गर्दा आवश्यक पर्ने स्पष्ट उच्चारण, आत्मविश्वास र प्रस्तुति शैलीका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । साथै, कार्यक्रममा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पनि सहभागीहरूलाई जानकारी गराइएको थियो ।
    त्यसैगरी, पत्रकारिता र उद्घोषणबीचको सम्बन्धबारे व्याख्या गर्दै प्रशिक्षकहरूले समाचार प्रस्तुति, स्क्रिप्ट बुझाइ र दर्शकसँगको सम्पर्कलाई महत्वपूर्ण पक्षका रूपमा औंल्याउनु भएको थियो ।
    संचार तथा उद्घोषण क्षेत्रमा सहभागीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा तेस्रो दिन विशेषगरी औपचारिक तथा अनौपचारिक कार्यक्रम सञ्चालन, कार्यक्रम तालिका निर्माण, तथा पत्रकारिता र उद्घोषणको सम्बन्ध जस्ता विषयमा केन्द्रित प्रशिक्षण दिइएको थियो ।


    तालिममा सहभागीहरूले अभ्यास तथा प्रस्तुति मार्फत सिकेका सीपहरू प्रयोग गर्ने अवसर पाएका थिए, जसले उनीहरूको आत्मविश्वास बढाउन सहयोग पुगेको बताइएको छ । तालिमको प्रशिक्षण उद्घोणको सैद्धान्तिक शिक्षा विषयमा थारु पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष जनक चौधरी, थारु समुदायमा उद्घोषणको अवस्थाका बारेमा थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष जागेश्वर सिंह थारु, साहित्य र उद्घोषणको सम्बन्ध विषयमा कलाकार प्रदेशी थारु, बर्दियामा पत्रकार तथा उद्घोषकको अवस्था बारेमा पत्रकार निर्मल घिमिरे, पत्रकार मेनका चौधरी लगायतले प्रशिक्षण दिनुभएको बर्दियाली थारु कलाकार मञ्च बर्दियाका अध्यक्ष महेश राम थारुले जानकारी दिनुभयो । उक्त तालिममा गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ भने आगामी दिनहरूमा थप व्यावहारिक अभ्यासहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology