प्रेम सिंह – बाँके २९ मंसिर – खजुरा गाउँपालिका वडा नं. २ बाँकेको स्थानीयतहको सेवा प्रवाहमा सुशासन र जवाफदेहिता सम्बन्धी चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिका वडा नं. २ सितापुरको आयोजना र उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसी) बाँकेको सहजीकरणमा चालू आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नं. २ ले सुशासन पारदर्शशिता र नागरिकको सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेको हुँदा स्थनियवासीहरु हर्षित भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष धनराम ओली क्षेत्री खुला सत्रमा वडावासिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको संबोधन गर्दै पहिलो त्रैमासिक गतिविधिको प्रगति प्रतिवेदनका साथै पालिकाबाट वडामा आएको बजेटबाट निर्माण भएका विभिन्न योजनाको भौतिक तथा पुजिगत प्रगतिबारे उल्लेख गरेका छन् । आफ्नो बुद्वि,विवेक क्षमतानुसार वडालाई नमुना बनाउन प्रयास गरेपनि रचनात्मक सल्लाह सुझाव कहिले नदिने तर चिया चौतारामा कुरा काट्ने प्रवृत्ति भएकाहरुले सधै असहयोग गरेको ओलीले बताएका छन् ।
योजना तथा कार्यक्रमका वारेमा बुँदा गत रुपमा जानकारी दिदैँ सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरुले सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा अध्यक्ष ओलीले हार्दिक आभार प्रकट गरेका छन् ।
वडाले निरन्तररुपमा जनमैत्री काम गर्ने प्रयास गरिरहेको र अझै प्रभावकारी काम गर्न सुझाव सहित क्षमता अभिवृद्धिका साथै सिपमुलक तालिमको निरन्तरता दिनु पर्ने कुरामा वडावासिहरुले जोड दिएका छन् । स्थानीयवासिहरुको आवश्यकतामा आधारित योजना निर्माणका साथै स्तरउन्नतिमा जोड दिन समेत आग्रह गरेका छन् । कृषि, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रलाई प्रथामिकता दिएर बजेट ल्याउनका साथै वडावासिहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरि वडाको विकासमा प्रेरित हुनुपर्नेमा समेत जोड दिएका छन् ।
विभिन्न प्रकारका सेवा सुविधावाट बन्चित भएको गुनासो गर्ने, अघिपछि आर्दशका कुरा गर्नेहरु आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सक्रिय सहभागीता नहुँदा असहयोग गरेको सितापुर स्वास्थ्य चौकिका प्रमुख शेर बहादुर रोकायाले बताएका छन् । सिमित स्रोत साधनका कारण स्थानीयवासिहरु नियमित स्वास्थ्य प्रदान गर्न सकिएको छैन उनले बताएका छन् ।
पत्रकार रबि रोकायाले संचालन गरेको कार्यक्रममा ओसिडिसि बाँके अध्यक्ष दिल बहादुर परियार, दलित महिला वडा सदस्य सिताकुमारी बि.क., जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, व्यवसायीहरु, बुद्धिजीवी, समाजसेवी, स्थानीयवासीहरु लगायत उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो ।
