(Saturday 25th of July 2026)
`

रानी केक ३ दिन निःशुल्क उपलब्ध गराउने

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    नेपालगन्ज, ९ कार्तिक – तुलसीपुर दाङ्ग, घोराही, बुटवल हुँदै चौथो शाखाको रुपमा आइतवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सेतुबिक चौकको पूर्व लाईनमा रानी केकको नयाँ शाखा उद्घाटन गरिएको छ ।
    नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले रिबन काटेर भन्नुभयो– प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष धामीले रानी केकको चौथो शाखाको रुपमा आइतवार उद्घाटन गरिएको शाखाले कार्तिक ९, १० र ११ गतेसम्म जसको जन्मदिन पर्नेछ उसलाई रानी केक शाखा नेपालगन्जको तर्फबाट निःशुल्क केक उपलब्ध गराउने बताउनुभयो ।
    अध्यक्ष धामीले देश आर्थिक रुपमा संकटग्रस्त रहेको बेला जेन–जी पुस्ताका युवाहरुले आर्थिक लगानी गरेर आफ्नै देश भित्र केही गर्नु भनेको ठूलो उपलब्ध मान्नुपर्छ । उहाँहरुले यस अगाडी तुलसीपुर दाङ्गबाट शुरुवात गरेको व्यापार हाल घोराही, बुटवल तथा आइतवार नेपालगन्ज शाखाको रुपमा स्थापित गर्न सफल हुनु भएकोमा उहाँहरुलाई हार्दिक बधाईका साथै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
    करीब २४–२५ लाखको लगानीमा शुरु गरिएको रानी केकका सञ्चालकद्वय दिपक काफ्ले र निरज बस्यालका अनुसार पसलदेखि ५ किलोमिटर भित्रका ग्राहकहरुको लागि निःशुल्क होम डेलिभरीको सुविधा उपलब्ध गराउनुका साथै हाललाई हामीले विभिन्न भेराईटी तथा नयाँ स्वादमा केकहरु सर्वशुलभ दररेटमा उपलब्ध गराउने जानकारी गराउनुभयो ।
    आज भब्य रुपमा उद्घाटन गर्दै रानी केक खुशी थप्दै।।। २०८२ लेखिएको ठूलो केक काट्दै सबैमा खुशी साटासाट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology