(Saturday 25th of July 2026)
`

नेपालगन्ज कारागारभित्र गोली चल्यो, एक कैदी घाइते

  • सगरमाथा गन्तब्य
  • 4.9K
    SHARES

    नेपालगन्ज, २६ भदौं – नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् ।
    विहीबार कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले निकै बेरसम्म नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका थिए । सुरक्षामा खटिएको नेपाली सेनाले धेरै बेरसम्म सम्झाई बुझाई गर्दा पनि कैदीहरुले उल्टै सेनामाथि आक्रमण गर्ने प्रयास गरेपछि सेनाले गोली प्रहार गरेको थियो ।
    गोली प्रहारबाट एक जना कैदीको खुट्टामा गोली लागेको छ । उनलाई एम्बुलेन्स मार्फत् उपचारका लागि भेरी अस्पताल लगिएको छ । कैदीबन्दीले आगजनी गरेपछि त्यहाँ आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । कारागारमा अहिले सेनाको नेतृत्वमा शसस्त्र र नेपाल प्रहरी गरेर धेरै ठुलो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित छन् । उनीहरुले कारागारलाई चारैतिरबाट घेरेका छन् ।
    अवस्था नियन्त्रणमा आए पनि तनावग्रस्त रहेको सुरक्षाकर्मीहरुले जनाएका छन् । यसैबिच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरेको छ । विहीबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रकाशित गर्नु भएको विज्ञप्तीमा जनाइएको छ । अहिले नेपालगन्ज कारागारको अवस्था ः नेपालगन्ज कारागारमा कैदीहरुले भाग्ने उद्देश्यले भित्री गेटमा आगजनी गरेको थियो । तुरुन्तै कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएर अवस्था आफ्नो नियन्त्रणमा लिएका छन् । प्रारम्भिक जानकारी अनुसार यसक्रममा सुरक्षाकर्मीले गोली पनि चलाएको थियो । एकजना कैदीलाई खुट्टामा गोली लागेको छ । नेपालगन्ज कारागारमा एक महिला सहित ७ सय ७० जना कैदी रहेका छन् । सेनाको गोलीले लागुऔषध सेवनमा कैद सजाय भोगिरहेका उमेश बमको खु्ट्टामा गोली लागेको हो । अहिले बमको उपचार भेरी अस्पताल नेपालगन्जमा भैहरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology