नेपालगन्ज : बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका, ९ निवासी छत्र बहादुर सुनार र आमा डिला बि.क. ले आफ्नो छोरा कृशान्त सुनारको आज परेको जन्मदिनको शुभ अवसरमा १० लाखको जीवन किरण बीमा पोलिसी उपहार दिएका छन्।
आजको सानो बचतले भबिश्यमा छोराको अध्ययन गर्ने बेला साहारा मिल्ने र जति बेला पनि दुख पर्दा काम लाग्ने भएकोले यो जीवन बिमा गर्न आफुलाई सल्लाह दिनु भएकोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर पुर्ण बहादुर न्यौपानेलाई सुनारले बिशेष धन्यवाद समेत दिनुभयो । उहाँले आफ्नो छोरालाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्यरत क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेको माध्यमबाट उक्त पोलिसी उपहार दिनुभएको हो ।
सानो सानो रकमलाई समय मै सदुपयोग गरि भोलिको लागि समय मै जीवन बिमा गरि आफु र आफ्नो परिवारको आर्थिक सुरक्षाको साथै बचत पनि हुने भएकोले आजलाई मात्रै नभई भोलिको लागि पनि जीवन बिमाको ठुलो महत्व रहने भएकोले आफ्नो प्यारो छोरालाई जीवन किरण बिमा पोलिसी उपहार दिएको सुनारले बताउनुभयो।
नगद र जिन्सी सामान उपहार दिनु भन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा दुक ढुक होइन ढुक्क भएर जीवन बिमा गर्न सकिने र बिमाले धनि बनाउन नसके पनि परिवारलाइ गरिब हुन भने दिदैंन र परेको बेलामा आर्थिक सुरक्षाको ग्यारेन्टी हुने भएकोले धनी र गरिब सबै वर्गका मानिसलाई बिमाको दायरामा अनिबार्य रुपमा आउनु हुन नेपालगन्ज शाखा प्रमुख हेमन्त शाहिले सम्बन्धित सबैलाई अनुरोध गर्नुभयो ।
जीवन बीमा गर्दा भविष्यमा आउन सक्ने आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकोले जीवन बिमा गर्नु उत्तम भएकाले नेपालगन्ज शाखाका यजेन्सि मेनेजर पुर्ण बहादुर न्यौपानेले बताउनुभयो ।
