फोनिज लुम्बिनीको तेस्रो प्रादेशिक महाधिवेशनको शुभकामना प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब मान सिंह बि. क. समेतले पत्रकारिता क्षेत्रमा फोनिजको अतुलनीय योगदान रहेको कुरा बताउदै हरेक पक्षमा सहकार्य गर्न प्रतिबद्ध रहेकोे कुरा व्यक्त गर्नुभएको हो ।कार्यक्रममा विशेष अतिथि रहनुभएका केन्द्रिय महासचिव समीर बलामीले लुम्बिनीमा संगठन कमजोर भएकोले आवश्यक सहकार्य गर्न साथै केन्द्रको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनैपनी कसुर बाकी नराख्ने बताउनुभयो । साथै उहाँले संगठन मजबुत बनाउन लुम्बिनीका प्रत्येक जिल्लाहरुमा दक्ष फोनिजकर्मी उत्पादन गर्न समेत सुझाउनुभएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव सबिन प्रियासनले तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुभकामना दिदै आफू पनि फोनिजकै माध्यमबाट पत्रकारिता गरेको हुनाले स-साना मिडिया हाउस साथै आदिवासी जनजातिहरुको हितका निम्ति सकारात्मक ढङ्गबाट काम गर्नका लागि फोनिजसङ्ग अनिवार्य सहकार्य गरि महासंघमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।

१२ वटा जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सक्रिय सहभागिता रहेको तेस्रो प्रादेशिक महाधिवेशनको सञ्चालन भने महासचिव प्रतिज्ञा मगरले गर्नुभएको थियो ।

